मंगलबार, जेठ ५, २०८३

५० किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

 |  बिहीबार, असोज ३०, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ३०, २०८२

काठमाडौं । ललितपुरबाट सशस्त्र प्रहरीले ५० किलोभन्दा बढी चाँदी बरामद गरेको छ।

National life

बिहीबार दिउँसो चाँदीसहित भारतको घोरसहन पूर्वी चम्पारण घर बताउने ३१ वर्षीय अभिशेख शेखलाई ललितपुर महानगरपालिका–१६ धौगलबाट नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

उनले भारतबाट अवैध रूपमा नेपाल ल्याई विभिन्न किसिमका चाँदीका गरगहना बेचबिखन गर्दै आइरहेको भन्ने सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्यूरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गण ललितपुरले नियन्त्रणमा लिएको हो।

उनको साथबाट सशस्त्र प्रहरीले ५० किलो ७४ ग्राम चाँदीका गहना, १२ लाख ९१ हजार ९० नेपाली रुपैयाँ तथा १ हजार २ सय ७० भारतीय रुपैयाँ बरामद गरेको छ।

यस्तै चाँदी तौल गर्ने मेसिन १ थान, इलेक्ट्रिक साइकल १ थान, आइप्याड १ थान र मोबाइल सेट १ थान समेत बरामद गरेको छ।

Shivam cement

नियन्त्रणमा लिएका व्यक्ति र सामान राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाएको छ।

प्रकाशित: Oct 16, 2025| 17:57 बिहीबार, असोज ३०, २०८२
प्रतिक्रिया दिनुहोस्