काठमाडौं। ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ४७० वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ।
आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ९९, सिसिटिभिमार्फत ४०, रातोबत्तीमा ३७ जना चालकलाई कारबाही गरिएको छ।
यसैगरी, तीव्रगतिमा ११५, हर्न निषेधमा ९, लेन क्रसमा २ एकतर्फीमा ७ र अन्यमा १६१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।