आइतबार, साउन ४, २०८२

एमाले प्रतिपक्षमा बस्छ : उपाध्यक्ष पौडेल

नेकपा (एमाले) पर्वत-काठमाडौं सम्पर्क मञ्चले यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘नेकपा (एमाले) अहिले सरकारमा जाँदैन, बरु प्रतिपक्षमा बसेर काम गर्छ।’
 |  शनिबार, पुस २, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, पुस २, २०७९

vianetvianet

काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले आफूहरू प्रतिपक्षमा बस्ने बताएका छन्। आज नेकपा (एमाले) पर्वत-काठमाडौं सम्पर्क मञ्चले यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘नेकपा (एमाले) अहिले सरकारमा जाँदैन, बरु प्रतिपक्षमा बसेर काम गर्छ।’

उनले पाँच दलीय गठबन्धनले एमालेलाई चौतर्फी घेराबन्दी गर्दा पनि एमालेले जनताको बीचबाट राम्रो मत पाएको बताए। उनले पर्वतबाट निर्वाचित सांसदहरूलाई जनताको पक्षमा काम गर्न र अहिलेको नतिजाबाट नआत्तिन समेत आग्रह गरे।

प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएको पर्वतमा गत मङ्सिर ४ मा भएको निर्वाचनमा एमाले विजयी भएको थियो। साथै दुवै प्रदेशसभामा पनि एमालेका उम्मेदवार विजयी भएका थिए।


प्रकाशित: Dec 17, 2022| 18:15 शनिबार, पुस २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...