शनिबार, जेठ ३०, २०८३

स्थानीय तहको काम नागरिकप्रति जवाफदेही हुनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह जनताको नजिकको सरकार भएकाले कामकारबाही बढी जिम्मेवार, परिणाममुखी र जवाफदेही हुनुपर्ने बताएका छन्।
 |  शनिबार, पुस २, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २, २०७९

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह जनताको नजिकको सरकार भएकाले कामकारबाही बढी जिम्मेवार, परिणाममुखी र जवाफदेही हुनुपर्ने बताएका छन्।

National life

शनिबार ललितपुर महानगरपालिकाको १०४औं स्थापना दिवस अवसरमा स्थानीय तहको काम जनमुखी, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्ने औंल्याएका हुन्।

प्रधानमन्त्री देउवाले नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको स्मरण गरे।

‘नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र सेवाको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको छ। नागरिक नजिकको सरकार भएकाले स्थानीय तहको कामकारबाही जनमुखी, पारदर्शी, परिणाममुखी र नागरिक जवाफदेही हुनुपर्छ,’ उनले भने।

ललितपुर महानगरपालिकाले जनताको अपेक्षा अनुसार विश्वका अन्य मुलुकमा पनि नेपाल र नेपाली जनताको पहिचान हुने गरी आफ्नो कामलाई अघि बढाएको भन्दै उनले प्रशंसा गरे।

Shivam cement

प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकालाई सांस्कृतिक स्मार्ट सहरको रुपमा विकास हुने गरी काम गर्न पनि सुझाव दिए।

प्रकाशित: Dec 17, 2022| 13:03 शनिबार, पुस २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...