आइतबार, साउन ४, २०८२

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
 |  शनिबार, पुस २, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, पुस २, २०७९

vianetvianet

काठमाडौं- प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा सत्ता समीकरण, रेशम चौधरीलगायतको मुद्दा फिर्ता लिन ल्याएको अध्यादेश र विकसित राजनीतिक घटनाक्रममा विषयमा छलफल भएको बताइएको छ।

सत्तारुढ दलबाट नयाँ सरकार गठन गर्ने निर्णय गरेपछि देउवा र प्रचण्डले आन्तरिकरुपमा गृहकार्य तीब्र पारेका छन्। सत्ता समीकरणको विषयमा एमाले र माओवादी केन्द्रबीचमा पनि छलफल सुरु भएको छ। दुवै पार्टीका नेताहरू संवादमा लागेका छन्। 

पछिल्लो समयमा नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै आफैँ राख्ने आशय बुझेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड झस्किएका छन्। प्रचण्ड गठबन्धनको तर्फबाट पहिलो चरणमा आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने पक्षमा वकालत गरिरहेका छन्।  

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले मुद्दा फिर्ता लिन फौजदारी संहितामा संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको थियो। यो अध्यादेशबाट टीकापुर घटनाका मुख्य दोषी ठहर भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जेलबाट छुट्न सक्छन्। सिके राउत नेतृत्वको जनमत पार्टी र विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई पनि जेलबाट छुटाउन कानुनी आधार बन्नेछ।

काम चलाउन सरकारले मन्त्रिपरिषद्बाट पारित गरेर अध्यादेश राष्ट्रपति समक्ष पुगेको छ। र, जारी हुन भने बाँकी छ। 

प्रकाशित: Dec 17, 2022| 10:48 शनिबार, पुस २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...