शनिबार, साउन ३, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसका दर्जन केन्द्रीय सदस्यद्वारा केन्द्रीय समिति बैठक बोलाउन माग

कांग्रेसका दर्जन केन्द्रीय सदस्यद्वारा केन्द्रीय समिति बैठक बोलाउन माग

ललितपुरको एक होटलमा आयोजित छलफलमा केन्द्रीय सदस्य मीन विश्वकर्मा, नैनसिंह महर, मदन अमात्य, योगेन्द्र चौधरी, भोजराज श्रेष्ठ, हरिकृष्ण नेपाली, नानू बास्तोला, सरसवती अर्याल अबदुल मियाँलगायतले चाँडो केन्द्रीय समिति बैठक बोलाउन माग गरेका हुन्।
 |  शुक्रबार, पुस १, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १, २०७९

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसका करिब एक दर्जन केन्द्रीय सदस्यको बैठकले पार्टी सुदृढीकरणका लागि छलफल गरेको छ।

ललितपुरको एक होटलमा आयोजित छलफलमा केन्द्रीय सदस्य मीन विश्वकर्मा, नैनसिंह महर, मदन अमात्य, योगेन्द्र चौधरी, भोजराज श्रेष्ठ, हरिकृष्ण नेपाली, नानू बास्तोला, सरसवती अर्याल अबदुल मियाँलगायतले चाँडो केन्द्रीय समिति बैठक बोलाउन माग गरेका हुन्।

संकटग्रस्त अर्थतन्त्र र चुनावी समीक्षाका लागि केन्द्रीय समिति बैठकको माग गर्न बैठकले निष्कर्ष निकाले विश्वकर्माले बताए।

प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको एक महिना भइसक्दा पनि कांग्रेसले चुनावी समीक्षासमेत गरेको छैन। केन्द्रीय सदस्यहरूले संस्थापन पक्षभित्र केही नेताहरूको मनोपोली चलेकोमा चिन्ता व्यक्त गरेका थिए।

संस्थापक पक्षभित्र भइरहेको पक्षपाती व्यवहारबारे सभापति शेरबहादुर देउवालाई भेटेर उनीहरूले ध्यानाकर्षण गराउने भएका छन्।  केन्द्रीय समितिमा मोर्चाबन्दी गरेर दबाब बढाउने उनीहरूको तयारी छ। विश्वकर्माले छलफललाई आगामी दिनमा अगाडि बढाउने बताए।

प्रकाशित: Dec 16, 2022| 20:30 शुक्रबार, पुस १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...