बिहीबार, जेठ २८, २०८३

आज कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। आज अपरान्ह ३ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ।
 |  आइतबार, पुस ३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस ३, २०७९

काठमाडौं- नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। आज अपरान्ह ३ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ।

National life

समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरू र शीर्ष नेताहरू छन्। 

कांग्रेसमा केन्द्रीय समिति नबसेको बेला केन्द्रीय समितिले गर्न सक्ने काम कार्यसम्पादन समितिले गर्ने गर्छ। कार्यसम्पादन समितिका निर्णय पछि बस्ने केन्द्रीय समितिबाट अनुमोदन हुने हुनुपर्दछ।

कांग्रेसले प्रतिनिधि सभामा ८९ सिट जितेको छ। कांग्रेसमा अब संसदीय दलको नेता छान्न चुनाव गर्ने कि सहमतिबाट गर्ने भन्ने छलफल हुनेछ।

प्रकाशित: Dec 18, 2022| 07:00 आइतबार, पुस ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...