काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार पहिलोपटक सबै सांसदको भेला बोलाएका छन्। समानुपातिकको समेत अन्तिम निर्वाचनको परिणाम आइसकेपछि देउवाले भेला बोलाएका हुन्। भेला प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ।
सांसद रामहरि खतिवडाका अनुसार सभापति देउवाले बधाई आदानप्रदान र संसदीय दलको निर्वाचनलगायतका विषयमा छलफलका लागि शनिबार दिउँसो ३ बजे सांसदहरूको भेला बोलाएका हुन्।