बिहीबार, जेठ २८, २०८३

निर्वाचन आयोगले प्रदेश १ मा निर्वाचनको अन्तिम परिणाम आज बुझाउँदै

निर्वाचन आयोगले प्रदेश १ मा गत मंसिर ४ मा सम्पन्न निर्वाचनको अन्तिम परिणाम शनिबार बुझाउँदै छ।
 |  शनिबार, पुस २, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २, २०७९

विराटनगर– निर्वाचन आयोगले प्रदेश १ मा गत मंसिर ४ मा सम्पन्न निर्वाचनको अन्तिम परिणाम शनिबार बुझाउँदै छ।

National life

दिउँसो १ बजे प्रदेश प्रमुख पर्शुराम खापुङलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुझाउने कार्यक्रम रहेको छ। प्रदेश प्रमुख समक्ष निर्वाचन परिणाम बुझाएसँगै नयाँ सरकार गठनको प्रकृया शुरु हुने छ।

निर्वाचनको अन्तिम परिणामसँगै प्रदेश प्रमुखले राजनीतिक दलहरुलाई बहुमत लिएर आउन आह्वान हुनेछ। 

प्रदेश १ मा कुनैपनि दलको बहुमत नरहेकाले राजनीतिक दलहरुले आन्तरिक रुपमा छलफललाई अगाडी बढाएका छन्। ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकिकृत समाजवादीका ४ र जसपाका एक सांसद रहेका छन्।

सरकार गठनका लागि ४७ सांसद आवस्यक रहेको छ। सत्तारुढ गठबन्धनमा अहिले  ४६ सांसद छन्। गठबन्धनलाई एक सांसद अपुग रहेको छ। एमालेका ४० सांसद छन्। राप्रपा र जसपाले कसलाई समर्थन गर्ने भन्ने निर्णय गरेका छैनन। 

Shivam cement

सत्तारुढ गठबन्धनलाई जसपाले समर्थन गरे सरकार गठनका लागि आवस्यक संख्या पुग्छ। संसदको ठुलो दल एमालेलाई राप्रपा र जसपाले समर्थन गरे सरकार गठनका लागि आवस्यक संख्या पुग्छ। सत्ता गठबन्धन आबद्ध दल र एमालेले राप्रपा र जसपासँग छलफलमा रहेको बताएका छन्।

प्रकाशित: Dec 17, 2022| 07:28 शनिबार, पुस २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...