आइतबार, साउन ४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदलाई सञ्चार माध्यममा प्रतिक्रिया दिन रोक

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदलाई सञ्चार माध्यममा प्रतिक्रिया दिन रोक

रास्वपाले सबै सांसदलाई पदको सपथ नलिएसम्म सार्वजनिक सञ्चार माध्यममा बोल्न प्रतिबन्ध लगाएको हो।
 |  शुक्रबार, पुस १, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १, २०७९

vianetvianet

काठमाडौं– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदलाई सञ्चार माध्यममा बोल्न बन्देज लगाइएको छ।पार्टीले सबै सांसदलाई पदको सपथ नलिएसम्म सार्वजनिक सञ्चार माध्यममा बोल्न प्रतिबन्ध लगाएको हो। 

अहिले नै पार्टीको आधिकारिक नीति र विचार प्रस्ट नभएको, नयाँ सरकारमा हुने भूमिका खुलिनसकेको अवस्थामा सञ्चार माध्यममा अन्तर्वार्ता वा अन्य भनाइ नराख्न पार्टीले सांसदलाई निर्देशन दिएको छ।

४ मंसिरको निर्वाचनबाट संघीय संसदको चौथो शक्तिका रूपमा उदाएको रास्वपाका २० सांसद छन्। उनीहरू कसैलाई पनि अहिले सार्वजनिक मिडियामार्फत आफ्नो भनाइ नराख्न पार्टीले आन्तरिक बैठकमा निर्देशन दिएको हो। पार्टी सभापति रवि लामिछानेले सांसदका पछिल्ला अन्तर्वार्ता विवादित भएपछि नबोल्न निर्देशन दिएको बताइएको छ।

प्रकाशित: Dec 16, 2022| 13:13 शुक्रबार, पुस १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...