नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको गृहनगर बुटवलमा मेयरका लागि ८ जनाको नाम सिफारिस भएको छ। नेकपा एमाले बुटवल उपमहानगरले आकांक्षी सबैको मन राख्ने गरी ८ जनाको नाम सिफारिस गरेको हो।
एमाले तिलोत्तमा नगर कमिटीको बैठकले मेयरमा बहालवाला मेयर वासुदेव घिमिरे, नेताहरू मोहन चापागाई, यज्ञ गैरे र दिनेश फुल्लेलको नाम सिफारिस भएको एमाले तिलोत्तमा नगर कमिटी अध्यक्ष तामनाथ पाण्डेले जानकारी दिए...
मेयरका लागि कांग्रेसबाट तिलोत्तमामा गुणनिधि भण्डारी, रोमणिप्रसाद पाठक र नारायण न्यौपानेले दाबी गरेका छन्। सामाजिक क्षेत्रमा समेत सक्रिय पाठक संस्थापन इतर समूहका हुन्।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) अर्घाखाँचीले एक नगरपालिका र दुई गाउँपालिकामा उम्मेदवारको टुंगो लगाएको छ। पालिकास्तरीय बैठकले अर्घाखाँचीका शितगंगा, भूमिकास्थान नगरपालिका र पाणिनी गाउँपालिकामा उम्मेदवार टुंगो लगाएको हो।
सञ्चारिका समूह रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको ‘आगामी निर्वाचनमा महिला सहभागिता, उमेद्वारदेखि मतदाता’ विषयक बहस कार्यक्रममा महिलाहरुलाई उम्मेद्वार बनाउन दलहरुको ध्यानार्कषण गराएका हुन्।
यस्तै बैठमा प्रदेशस्तरीय गठबन्धनको चुनावी कार्ययोजनासहित आगामी बैठक चैत्र २७ गते अर्को बैठक बस्ने निर्णय भएको नेकपा माओवादी केन्द्र लुम्बिनीका अध्यक्ष सुदर्शन बरालले बताए।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा काँग्रेसले लुम्बिनी प्रदेशमा गठबन्धनका दलहरुसंग वार्ता र संवादको लागि प्रदेश सभापति अमरसिंह पुनको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको हो।
पश्चिमाञ्चल टैङ्कर व्यवसायी संघले पेट्रोलियम पदार्थको ढुवानी नरोक्ने भएको छ। काठमाडौंसहित देशभर पेट्रोलियम पदार्थको कमिशन नपाएको भन्दै ढुवानी रोक्ने बताए पनि लुम्बिनीमा क्षेत्रको ट्यांकर व्यवसायीले भने ढुवानी नरोक्ने भएका हुन्।