शनिबार, मंसिर १३, २०८२

रोल्पा सिर्जना महोत्सव : कविता प्रतियोगितामा छानिए यी १० कवि

रोल्पामा हुन लागेको राष्ट्रिय कविता प्रतियोगितामा सहभागिताका लागि १० जना कवि छनोटमा परेका छन्।
 |  आइतबार, चैत २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २०, २०७८

काठमाडौं– रोल्पामा हुन लागेको राष्ट्रिय कविता प्रतियोगितामा सहभागिताका लागि १० जना कवि छनोटमा परेका छन्।

National life

यही चैत २२ र २३ गते रोल्पा सदरमुकाम लिवाङमा हुन लागेको ‘रोल्पा सिर्जना महोत्सव २०७८’ अन्तर्गत राष्ट्रिय कविता प्रतियोगितामा देशभरबाट १० जना कवि कविता वाचनका लागि छनोटमा परेका हुन्।

प्रतियोगिताका लागि कविता उपलब्ध गराउने अन्तिम मिति चैत १५ गते साँझसम्म तोकिएको थियो। यस अवधिभित्र आयोजकलाई प्राप्त भएका १४६ कविताबाट १० वटा छनोट गरिएको आयोजकले जनाएको छ।

छनोटमा परेका कविहरुमा उमेश पुन (काठमाडौं), तारानाथ पराजुली (पर्वत), प्रकाश बस्नेत (काठमाडौं), मिलन कार्की (इलाम), मेनुक्स अधिकारी (खोटाङ), सरला क्षेत्री (रौतहट), सुन्दर सिरिष (सिन्धुपाल्चोक), सुभाषिष पराजुली (काठमाडौं), सुरज पराजुली (सुनसरी) र हेमन्त शिशिर (काठमाडौं) छन्। छनोट भएका कविहरुले २२ गते लिवाङ पुगेर भौतिक उपस्थितिमै कविता वाचन गर्नेछन्। 

प्रतियोगितामा प्रथम हुनेले ३५ हजार, द्वितीय हुनेले २५ हजार, तृतीय हुनेले २० हजार पुरस्कार पाउनेछन्। सान्त्वना पुरस्कारस्वरुप २ जनाले १०–१० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ। विजयीहरुलाई मेडल र प्रमाणपत्र पनि प्रदान गरिने आयोजकले जनाएको छ। 

Laxmi sunrise bank
kumari

सिर्जना महोत्सवमा कविता प्रतियोगितासहित अन्य विविध विषयमा बहस, वाचन र सांस्कृतिक प्रस्तुति पनि आयोजना गरिएको छ। सिर्जना महोत्सवमा पर्यटनभित्रको युद्ध पर्यटन, स्थानीय सरकारः विकास र समृद्धिु, कोपिलाका सुगन्ध, गोधुलीमा झन्कार, चट्टान गुञ्जन, आँगनमा विस्कुन, पहिचानको कसीमा मातृभाषा, पाहुनाका पाहुर, युद्धका साक्षी, जाँदाजाँदैः कठघरामा मेयर लगायतका सेसन रहने प्रतिष्ठानका अध्यक्ष नविन लोचनले जानकारी दिए। 

रोल्पा नगरपालिकाले तीन साताअघि मात्रै नेपालमै पहिलो पटक कानुन नै बनाएर नगर साहित्य, कला तथा संगीत प्रतिष्ठान स्थापना गरेको थियो। रोल्पा नगरपालिकाकै स्वामित्वमा रहेको उक्त प्रतिष्ठानले पहिलो पटक सिर्जना महोत्सव २०७८ आयोजना गर्न लागेको हो।

प्रकाशित: Apr 03, 2022| 17:43 आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।