शनिबार, मंसिर १३, २०८२

लुम्बिनी कांग्रेसले बनायो चुनावी वार्ता समिति 

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा काँग्रेसले लुम्बिनी प्रदेशमा गठबन्धनका दलहरुसंग वार्ता र संवादको लागि प्रदेश सभापति अमरसिंह पुनको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको हो।
 |  बुधबार, चैत २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २३, २०७८

बुटवल- नेपाली कांग्रेस लुम्बिनी प्रदेशले स्थानीय निर्वाचनको लागि वार्ता समिती बनाएको छ। स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा काँग्रेसले लुम्बिनी प्रदेशमा गठबन्धनका दलहरुसंग वार्ता र संवादको लागि प्रदेश सभापति अमरसिंह पुनको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको हो।

National life

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको मंगलबार बसेको बैठकले सभापति पुनको संयोजकत्वमा नेता भरतकुमार शाह, उपपसभापति द्वय भुवनप्रसाद श्रेष्ठ, राजु खनाल र कोषाध्यक्ष प्रकाश राना सदस्य रहेको पाँच सदस्यीय वार्ता समिति बनाएको हो।

उक्त समितिले सत्ता गठबन्धनमा रहेका दलहरुसंग चुनावी तालमेल कसरी गर्ने, सिट बाँडफाड लगायतका समग्र विषयमा छलफल गर्नेछ। बैठकले  लुम्बिनी प्रदेश समितिले १ हजार १०१ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन गरेको छ। कार्यसमितिका प्रवक्ता प्रचण्ड विक्रम न्यौपानेको संयोजकत्वमा १ हजार १०१ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन गर्ने निर्णय गरेको हो। 

बैठकले सभापति पुनकै संयोजकत्वमा ५५ सदस्यीय स्थानीय निर्वाचन परिचालन समिति गठन गरेको छ। उक्त समितिमा नेता भरतकुमार शाह सहित कार्यसमितिका पदाधिकारी तथा प्रदेश अन्तरगतका जिल्ला सभापतिहरु समेतलाई समेटिएकाे सभापति पुनले  बताए।

त्यस्तै महामन्त्री विक्रम खनालको संयोजकत्वमा ५ सदस्यीय घोषणा पत्र लेखन समिति गठन गर्ने निर्णय गरेको छ। प्रतिनीधि सभा क्षेत्रीय समितिमा टिकट बितरणमा सहजिकरण गर्न २६ जना प्रतिनीधि खटाउने निर्णय समेत बैठकले गरेको प्रदेश समितिले जनाएको छ।

Laxmi sunrise bank
kumari

त्यस्तैगरी बैठकले प्रदेश कार्यसमितिको कार्यसम्पादन समिति गठन गरेको छ। पार्टीको विधान अनुसार २७ सदस्यीय कार्यसम्पादन समितिमा हाल २३ जनाको प्रस्तावित नाम बैठकले अनुमोदन गरेको र बाँकी चार जना थप गर्ने अधिकार सभापति पुनलाई प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ। त्यस्तै पार्टीको विधान अनुसार विधानले तोकेका व्यक्तिबाहेक ९ जना कार्यसमिति सदस्यलाई संसदीय समितिमा मनोनित गर्ने सभापति पुनको प्रस्ताव अनुमोदन भएको जनाइएको छ।

त्यस्तै बैठकले माधव खरेलको संयोजकत्वमा चार सदस्यीय अनुशासन समिति पनि गठन गरेको छ। अनुशासन समितिको सदस्यहरुमा महेन्द्र पाण्डे, प्रेमलता भट्ट र कृष्णप्रसाद अधिकारी रहेका छन्।

प्रकाशित: Apr 06, 2022| 09:20 बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।