शुक्रबार, वैशाख २१, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनीमा चुनावी गठबन्धन : विगतको परिणाम हेरेर सिट बाँडफाँड हुने, चार उपमहानगरमा चारै दलको दाबी

लुम्बिनीमा चुनावी गठबन्धन : विगतको परिणाम हेरेर सिट बाँडफाँड हुने, चार उपमहानगरमा चारै दलको दाबी

लुम्बिनी प्रदेशका पाँच दलीय गठबन्धनको बैठकले प्रदेशस्तरीय संयुक्त चुनावी सभा गर्ने निर्णय गर्दै चुनावी तालमेलको सन्देश दिने निर्णय गरेको छ।
 |  बिहीबार, चैत २४, २०७८

विनोद परियार

विनोद परियार

बिहीबार, चैत २४, २०७८

बुुटवल– आशन्न स्थानीय तहको निर्वाचनका लागि स्थानीय तहमा गठबन्धन गरेका पाँच दलले जिल्ला–जिल्लामा भागबन्डा गर्न छलफल थालेका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका प्रदेश र जिल्ला तहका नेताहरुबीच संयन्त्र नै निर्माण गरेर भागबन्डाबारे छलफल भइरहेको छ।

triton college

लुम्बिनी प्रदेशमा पाँच दलीय संयन्त्र निर्माण गरेर चुनावमा सिट बाँडफाँडका लागि संयन्त्र निर्माण थालिएको छ। लुम्बिनी प्रदेशका पाँच दलीय गठबन्धनको बैठकले प्रदेशस्तरीय संयुक्त चुनावी सभा गर्ने निर्णय गर्दै चुनावी तालमेलको सन्देश दिने निर्णय गरेको छ। बुधबार बुटवलमा बसेको बैठकले स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई व्यवहारिक रुपमा कार्यान्वयन भएको सन्देश दिनका लागि संयुक्त चुनावी सभा गर्ने निर्णय गरिएको नेकपा माओवादी केन्द्र लुम्बिनीका अध्यक्ष सुदर्शन बरालले जानकारी दिए। 

गठबन्धनमा प्रदेश स्तरका नेताहरुको बैठकले तत्काल सबै स्थानीय तहमा गठबन्धनको संयन्त्र निर्माण गर्ने, नियमित बैठक बस्ने र मत विश्लेषण सहितको रिपोर्ट पेश गर्ने निर्णय गरेको छ। स्थानीय पालिका र जिल्लाहरुले गरेका सहमतिहरुलाई सकारात्मक रुपमा ग्रहण गर्दै विवाद आएको ठाउँमा कार्यदल निर्माण गरी समाधान गर्ने सहमति भएको अध्यक्ष बरालले बताए। ‘हामी पाँचै दल गठबन्धन गरेर अघि बढ्न सहमत भएको सन्देश दिइसकेका छौं। अब फेरि पाँचै दलको बैठक बसेर स्पष्ट खाका सहित चुनावी अभियानमा होमिन्छौं,’ अध्यक्ष बरालले भने।

लुम्बिनी प्रदेशका पाँच दलीय गठबन्धनको बैठकले प्रदेशस्तरीय संयुक्त चुनावी सभा गर्ने निर्णय गर्दै चुनावी तालमेलको सन्देश दिने निर्णय गरेको छ।

उनले सबै दललाई सम्मान र न्याय हुने गरी निर्वाचनमा सिट बाँडफाँड गरिने बताए। लुम्बिनीमा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी १ सय ९ स्थानीय तह छन्। बुटवल, नेपालगञ्ज घोराही र तुल्सीपुर उपमहानगरमा चारै दलले मेयरमा दाबी गरेका छन्। बुटवलमा एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादीले मेयर पाउनुपर्ने दावी गरेको छ। यद्यपि नेपाली कांग्रेसले गठबन्धनबाट मतभारको हिसाबले आफूूहरुले नै पाउनुपर्ने अडान राखेको छ। 

बुुटवलमा माओवादी केन्द्रले मेयर कांग्रेसलाई छोड्दा उपप्रमुखमा प्रमुख दावेदारका रुपमा आफूूलाई उभ्याएको छ। माओवादीले दाङको तुल्सीपुर र घोराहीमध्ये एकमा उपमहानगरमा दावी गरेको छ। चारमध्ये नेपालगञ्ज र तुल्सीपुर कांग्रेस, घोराही माओवादी र बुुटवल नेकपा एकीकृत समाजवादीले पाउन सक्ने विश्लेषण भइरहेको छ। यद्यपि जनता समाजवादी पार्टीले पनि चारमध्ये एक उपमहानगरको दाबी गरेको छ। यसका साथै ३२ नगरपालिका र ७३ गाउँपालिकामा सिट बाँडफाँडको प्रक्रिया शुरु भएको छ। स्थानीय तह, जिल्ला र प्रदेश तहसम्म गठबन्धनमा उम्मेदवार र गठबन्धनका दलहरुको मत भने फरक फरक देखिएको छ। 

corrent noodles
Metro Mart

नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनले स्थानीय तहको आवश्यकता र सहमतिलाई नै प्रमुखताका साथ प्राथमिकतामा राखेर गठबन्धन कायम हुने बताए। २०७४ सालको निर्वाचनको मत परिणाम, अहिलेको सांगठिनक संरचना तथा स्थानीयको मनोभावना अनुसार नै सिट बाँडफाँड हुने उनले बताए। २०७४ मा पनि सबैभन्दा धेरै सिट कांग्रेसले नै जितेकाले ६० प्रतिशत सिट कांग्रेसले पाउनुपर्ने उनको मत छ। नेकपा एकीकृत समाजवादी लुम्बिनीका अध्यक्ष मेटमणि चौधरीले १ सय ९ स्थानीय तहमध्ये कम्तीमा ३० देखि ३५ वटा आफूहरुले पाउने दावी गरे। उनले एक उपमहानगर सहित त्यति दावी रहेको बताए। ‘गठबन्धनबाटै हामी अघि बढ्छौं, चुनाव जत्ने गरी तयारीमा जुटेका छौं,’ उनले भने। 

राष्ट्रिय जनमोर्चाले अर्घाखाँची र प्युठानमा आफूहरुको जनमत धेरै रहेकाले त्यहाँका पालिका प्रमुख सहितका पदहरुमा दाबी गरेको छ। त्यस्तै जनमोर्चाले तराईका जिल्लामा पनि सोही आधारमा सिट बाँडफाँड हुनुपर्ने अडान राखेको छ। स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गरेर जान गठबन्धनमा आवद्ध दलहरु सहमत भए पनि उम्मेदवारका आकांक्षी धेरै भएकाले दलहरुका लागि चुनौती पनि त्यतिकै देखिन्छ।

गुल्मीको मालिकामा भागबन्डा

प्रदेश र जिल्ला तहमा २०७४ सालको निर्वाचनमा प्राप्त मतको विश्लेषणका आधारमा सिट बाँडफाँड गर्ने बताइए पनि लुम्बिनीको केहि स्थानीय तहमा भने स्थानीय दलहरुले सहमति गरेका छन्। सत्ता गठबन्धनमा आवद्ध दलहरुको स्थानीय संयन्त्रले गुल्मीको मालिका गाउँपालिकामा चुनावी तालमेल गर्दै सिटको भागबन्डा गरेको हो। नेकपा माओवादी केन्द्रले गाउँपालिकाको अध्यक्ष पाउने गरी गठबन्धन बनेको छ। नेपाली कांग्रेसको भागमा उपाध्यक्ष परेको छ। 

गठबन्धनको सहमतिअनुसार आठ वडा रहेको गाउँपालिकामा माओवादी केन्द्रलाई पालिका अध्यक्षसहित दुई वडाअध्यक्ष भागमा परेको छ। यस्तै कांग्रेसको भागमा उपाध्यक्षसहित ६ वटा वडा परेका छन्।  यद्यपि मालिकामा नेकपा एकीकृत समाजवादीलाई नजरअन्दाज गरेको भन्दै नेताहरुले असन्तुुष्टि पोखेका छन्। 

रुपन्देहीमा सिट बाँडफाँडका लागि संयन्त्र गठन 

रुपन्देहीमा गठबन्धनले भागबन्डाका लागि १६ वटै स्थानीय तहमा संयन्त्रण निर्माण गर्ने निर्णय गरेको छ।  सबै दलको सहअस्तित्व स्विकार गर्दै सम्मानजनक रुपमा गठबन्धन गर्ने निर्णय समेत पाँच दलले गरेका छन्। 

नेपाली कांग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको सत्तारुढ गठबन्धनका दलहरुको बैठकले यस्तो निर्णय गरेको हो। सबै पालिका र वडास्तरमा राजनीतिक संयन्त्र गठन गरी एक ढिक्का भएर स्थानीय तहको निर्वाचनमा लाग्ने निर्णय भएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले जानकारी दिए। सयंत्रको नेतृत्व कांग्रेसले गर्ने समेत जिल्ला स्तरमा निर्णय भएको छ। गठबन्धनले विस्तृत अध्ययन गरी पार्टीको यथार्थ मतको आधारमा सिट बाँडफाँड गर्ने बताइएको छ।

रुपन्देहीको दक्षिणी क्षेत्रमा जसपाको विगतमा बलियो आधार रहेकोले त्यसलाई निरन्तरता दिँदै जानुपर्ने मत उसले राखेको छ। जनता समाजवादी पार्टी लुम्बिनी प्रदेशका मुख्य सचिव यज्ञ पोखरेलले जसपाले विगतमा १ नगरपालिका सहित ४ गाउँपालिका जितेको र नयाँ अवस्थामा ४ वटा स्थानीय तहमा सुधार भएकाले आफूहरुले दावी नछोड्ने बताएका छन्। 

जिल्ला–जिल्लामा संयन्त्र बन्दै 

लुम्बिनीका १२ मध्ये अधिकांश जिल्लामा संयन्त्र गठन गरेर गठबन्धनले चुनावी अभियान सुरु गरेको छ। पाल्पामा पाँच दलले संयन्त्र गठन गरेर सिट बाँडफाँडको आधार तयार गर्ने निर्णय गरेका छन्। सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने गरी संयन्त्र निर्माण गरिएको कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले बताए। संयन्त्रले गठबन्धनका दलहरुबीच आवश्यक छलफल, परामर्श गरी स्थानीय तहमा उम्मेदवारहरूको टुंगो लगाउनेछ। 

गठबन्धनमा सहभागी दलबाट ३–३ जना रहने गरी कार्यदल गठन गरिएको नेकपा एस पाल्पाका अध्यक्ष कमल पाण्डेले बताए। त्यस्तै केन्द्रमा गठबन्धन हुने टुंगो नलाग्दै गठबन्धन गर्ने निर्णय गरेको अर्घाखाँचीमा भागबन्डाको अन्तिम तयारीमा रहेको दलहरुले बताएका छन्। पाँच दललाई नै भागबन्डा गरेर केहि दिनमै उम्मेदवार तय गरिने नेताहरुले बताएका छन्। 

प्रकाशित: Apr 07, 2022| 12:33 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।