शनिबार, मंसिर १३, २०८२

रूपन्देहीमा बन्यो पाँच दलीय गठबन्धनको संयन्त्र

पाँच दलीय गठबन्धन गर्ने निर्णय भएसँगै रुपन्देहीमा पनि सत्ता साझेदारहरुले संयन्त्र गठन गरेर चुनावी तालमेलको तयारी सुरु गरेका छन्।
 |  शनिबार, चैत १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १९, २०७८

बुटवल– पाँच दलीय गठबन्धन गर्ने निर्णय भएसँगै रुपन्देहीमा पनि सत्ता साझेदारहरुले संयन्त्र गठन गरेर चुनावी तालमेलको तयारी सुरु गरेका छन्। नेपाली कांग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको बैठकले चुनावी तालमेलका लागि जल्ला स्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको छ।

National life

कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणको सयोजकत्वमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नारायण जिसी, नेकपा एकीकृत समाजवादीका अध्यक्ष राजुु गुुरुङ, जनता समाजवादी पार्टीका जिल्लाअध्यक्ष रामअवतार यादव र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम सदस्य रहेको समिति गठन भएको हो।

संयन्त्रले स्थानीय तहको निर्वाचनमा जिल्लाको वस्तुस्थिती बुझेर तालमेल गर्न केन्द्रलाई सिफारिश गर्ने छ। संयन्त्रले आ–आफ्नो पार्टीको स्थानीय तहमा वस्तुस्थिति बुझी यही चैत २२ गते थप छलफल गर्ने कांग्रेसका सभापति रामकृष्ण खाँणले बताए । रुपन्देहीका १६ स्थानीय तहमध्ये बुटवल उपमहानगर, तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, कञ्चन र शुुद्धोधन गाउँपालिकामा एमालेले जितेर पहिलो पार्टी बनेको थियो। त्यसैगरी जनता समाजवादी पार्टी दोस्रो र नेपाली कांग्रेस तेस्रो स्थानमा थिए।

गठबन्धन इमान्दारीतापूूर्वक कार्यान्वयन भए जिल्लाको १६ वटै पालिकामा जित हासिल गर्ने नेकपा एकीकृत समाजवादी रुपन्देहीका सहइन्चार्ज सिद्धिचरण भट्टराईले दावी गरे।

प्रकाशित: Apr 02, 2022| 16:21 शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।