शनिबार, मंसिर १३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनी गठबन्धन : आइतबारसम्म धरातलीय विवरण पठाउन जिल्लालाई निर्देशन

लुम्बिनी गठबन्धन : आइतबारसम्म धरातलीय विवरण पठाउन जिल्लालाई निर्देशन

यस्तै बैठमा प्रदेशस्तरीय गठबन्धनको चुनावी कार्ययोजनासहित आगामी बैठक चैत्र २७ गते अर्को बैठक बस्ने निर्णय भएको नेकपा माओवादी केन्द्र लुम्बिनीका अध्यक्ष सुदर्शन बरालले बताए।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

बुटवल- लुम्बिनीको पाँचदलीय गठबन्धनले स्थानीय तहको धरातलीय विवरण पठाउन निर्देशन दिएको छ। पाँचदलीय गठबन्धनका प्रदेशस्तरीय नेताहरूको बिहीबार साँझ बुटवलमा बसेको बैठकले चैत २६ सम्ममा धरातलीय अवस्थाबारे प्रतिवेदन पठाउन जिल्लालाई निर्देशन दिने निर्णय गरेको हो।

National life

गठबन्धन बलियो बनाउन नियमित बैठक बस्ने, मत विश्लेषण गर्ने र निर्वाचन योजना निर्माण गर्ने निर्णयसमेत बैठकले गरेको छ। 'लुम्बिनी प्रदेशका १०९ स्थानीय तहको निर्वाचनमा मत विश्लेषणका आधारमा सम्मानजनक रूपमा सिट बाडफाँट गरिने छ,' नेकपा एकीकृत समाजवादी लुम्बिनी अध्यक्ष मेटमणि चौधरीले बताए। 

यस्तै बैठमा प्रदेशस्तरीय गठबन्धनको चुनावी कार्ययोजनासहित आगामी बैठक चैत्र २७ गते अर्को बैठक बस्ने निर्णय भएको नेकपा माओवादी केन्द्र लुम्बिनीका अध्यक्ष सुदर्शन बरालले बताए। 

माओवादी केन्द्रका लुम्बिनी ईन्चार्ज चक्रपाणि खनाल, मुख्यमन्त्री कुलप्रसाद केसीसहितको बैठकमा नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनमगर, नेकपा माओवादी केन्द्र लुम्बिनीका अध्यक्ष सुदर्शन बराल, नेकपा एकीकृत समाजवादी लुम्बिनीका अध्यक्ष मेटमणि चौधरी, जनता समाजवादी पार्टी लुम्बिनीका अध्यक्ष अशोकुमार यादव, राष्ट्रिय जनमोर्चाका लुम्बिनी उपाध्यक्ष बद्री आलमको उपस्थिति थियो।

यसअघि बुधबार गठबन्धनको बैठकले संयुक्त आमसभा गर्ने गरी लुम्बिनीमा पाँचदलीय गठबन्धन कायम गर्ने निर्णय भएको थियो। यसअघि नेकपा एकीकृत समाजवादीको हस्ताक्षर विनाको विज्ञप्ति सार्वजनिक भएपछि समाजवादी गठबन्धनमा नरहेको समाचार सार्वजनिक भएको थियो। प्राविधिक कारणले छुटेको भन्दै सबै दलबीच बैठक बसेकाले लुम्बिनीमा गठबन्धनमा कुनै खटपट नरहेको कांग्रेस लुम्बिनी सभापति अमरसिंह पुनले बताए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 07, 2022| 22:05 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।