शुक्रबार, वैशाख २१, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • गृहमन्त्री खाणलाई गृहनगरको चिन्ता, एमाले विरासत भत्काउने मेयरको खोजी

गृहमन्त्री खाणलाई गृहनगरको चिन्ता, एमाले विरासत भत्काउने मेयरको खोजी

मेयरका लागि कांग्रेसबाट तिलोत्तमामा गुणनिधि भण्डारी, रोमणिप्रसाद पाठक र नारायण न्यौपानेले दाबी गरेका छन्। सामाजिक क्षेत्रमा समेत सक्रिय पाठक संस्थापन इतर समूहका हुन्।
 |  मंगलबार, चैत २९, २०७८

विनोद परियार

विनोद परियार

मंगलबार, चैत २९, २०७८

बुटवल- गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणको गृहनगर हो, रुपन्देहीको तिलोत्तमा नगरपालिका। बुटवल र भैरहवाको मध्यभागमा तीव्रतर विकासमा रहेको यो नगरपालिका नेकपा एमालेका वैचारिक नेता एवं पूर्वमन्त्री घनश्याम भुसालको पनि गृहनगर हो। 

triton college

'हेभी वेट' दुई नेताहरुले आशन्न स्थानीय निर्वाचनमा आफ्नो गृहनगरमा कसरी वर्चश्व कायम गर्लान् भनेर निकै चासोका साथ हेरिएको छ। २०७४ सालको स्थानीय निर्वाचनमा गृहमन्त्री खाणका सहोदर भाइ रामकृष्ण खाणलाई पूर्वमन्त्री भुसाल पक्षका वासुदेव घिमिरेले नगर प्रमुखमा पराजित गरेका थिए। 

एमालेले नगर प्रमुखसहित उपप्रमुख र बहुमत पदमा कांग्रेससहितको गठबन्धनलाई पराजित गरेको थियो। अघिल्लो पटक तिलोत्तमामा कांग्रेससँग जनमुुक्ति पार्टीले गठबन्धन गरेको थियो। निर्वाचित भएका घिमिरेले २१ हजार ८६८ मत ल्याउँदा नेपाली कांग्रेसका रामकृष्ण खाणले १९ हजार ९४ मत ल्याएका थिए। १७ मध्ये ४ वडामा कांग्रेस र १३ वडामा एमालेका उम्मेदवार विजयी भएका हुन्। अघिल्लो पटक गठबन्धन हुँदा पनि एमालेले जित हासिल गरेकाले आफ्नो शाख जोगाउने रणनीतिमा एमाले देखिन्छ। कांग्रेसले अघिल्लो पटक भोगेको पराजयको बदला पाँच दलीय गठबन्धनबाट लिन खोजेको छ। 

गृहमन्त्री खाणको नगर भएकाले नेपाली कांग्रेस यो पटक जसरी पनि तिलोत्तमामा नेतृत्व हत्याउने गरी गठबन्धन छलफलमा व्यस्त छ। एमालेले चुनाव जित्नका लागि उम्मेदवार कस्तो तय गर्ने भन्ने दोधारमा छ। गठबन्धनले को उठाउने भन्ने विषयलाई एमालेले पर्खेको छ। गृहमन्त्री खाण स्थानीय तहको निर्वाचन तय भएसँगै तिलोत्तमा र भैरहवा क्षेत्रमा बढी नै सक्रिय भएका छन्। आचारसंहिता सुरु हुनु अघिसम्म उद्घाटन, शिलान्यास, भेटघाटका लागि आइरहन्थे।

मेयरका लागि कांग्रेसबाट तिलोत्तमामा गुणनिधि भण्डारी, रोमणिप्रसाद पाठक र नारायण न्यौपानेले दाबी गरेका छन्। सामाजिक क्षेत्रमा समेत सक्रिय पाठक संस्थापन इतर समूहका हुन्।

corrent noodles
Metro Mart

खाण आफैँले पनि अब रुपन्देहीको क्षेत्र नम्बर ३ (तिलोत्तमा र भैरहवा क्षेत्र) बाट संघीय सांसदमा उठ्ने तयारी गरेकाले तिलोत्तमाको मेयरमा आफ्नै निकटलाई उठाउने तयारी गरेको कांग्रेसी नेताहरु बताउँछन्। पाँच दलीय गठबन्धन विरुद्ध एक्लै चुनावमा भिड्ने तयारीमा रहेको एमाले पनि गठबन्धन हुँदा सकस हुने देखेकाले साना अन्य दलहरुसँग चुनावी तालमेलमा लागेको छ। निर्णायक शक्ति मानिएको जनमुक्ति पार्टी, राप्रपा लगायतका दलहरुसँग तालमेलबारे छलफल थालेको एमालेका एक नेताले बताए। 

कांग्रेसमा उम्मेदवारको खोजी 

पाँच दलीय गठबन्धन भएकाले तिलोत्तमामा कांग्रेसले नेतृत्वको फाइदा लिन हतारिएको छ। गृहमन्त्री खाणको गृहनगर भएकाले कांग्रेसीका लागि प्रतिष्ठाको विषय पनि बनेको छ। टिकट वितरणमा पनि खाणकै हात हुन्छ। 

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका निकट मानिने गृहमन्त्री खाणको नगरमा गठबन्धनका अन्य दलहरुले समेत मेयरमा दावी गरेका छैनन्। तर, कांग्रेसभित्र को उम्मेदवार हुने भन्ने विषय निकै पेचिलो बनेको छ। कांग्रेसभित्रै संस्थापन र संस्थापन इतर भएकाले यी दुवै पक्षलाई चित्त बुझ्ने साझा उम्मेदवार पहिल्याउन तिलोत्तमामा कांग्रेसलाई निकै सकस परेको छ। दाबी गर्नेहरु धेरै भए पनि गृहमन्त्री खाण आफ्नो अस्तित्व र वर्चश्व कायम राख्ने नेताको खोजीमा देखिन्छन्।

अघिल्लो पटक पराजित भएका आफ्नै भाइ रामकृष्ण पुनः मेयरमा आउने सम्भावना बलियो हुँदै गएको छ। जिल्ला सभापति समेत भएकाले केही दिनअघिसम्म रामकृष्णको चर्चा कम भए पनि उम्मेदवारी मनोनयनको मिति नजिकिँदै जाँदा रामकृष्णले समेत मेयरका लागि दाबी गर्न थालेका छन् निकटस्थहरुसँग। यद्यपि उनी आफैँले मुख भने खोलिसकेका छैनन। पाँच दलीय गठबन्धनले निर्माण गरेको जिल्ला स्तरीय संयन्त्रको संयोजक समेत भएकाले रामकृष्ण यो पटक निकै संयमित देखिएका छन्।

रामकृष्णले टिकटका लागि इच्छा गरेमा अरुले पाउने सम्भावना नरहेको कांग्रेस रुपन्देहीका कोषाध्यक्ष हरि अर्यालले बताए। उनले कांग्रेसमा आकांक्षीहरु धेरै भएको बताउँदै निर्वाचनमा पार्टीले उठाउने नेतालाई नै जिताउने बताए। मेयरका लागि कांग्रेसबाट तिलोत्तमामा गुणनिधि भण्डारी, रोमणिप्रसाद पाठक र नारायण न्यौपानेले दाबी गरेका छन्। सामाजिक क्षेत्रमा समेत सक्रिय पाठक संस्थापन इतर समूहका हुन्। 

उनी कार्यकर्तामाझ परिचित र लोकप्रिय पनि छन्। कांग्रेस महासमिति सदस्य समेत रहेका पाठकले यो पटक पार्टी नेतृत्वले निकै गम्भिर भएर उम्मेदवार उठाउनु पर्ने बताए। अर्का आकांक्षी न्यौपाने हाल वडा नम्बर ९ का वडाध्यक्ष हुन्। भण्डारी व्यावसायिक पृष्ठभूमिका हुन्।  

एमालेभित्र पनि लडाइँ 

तिलोत्तमा एमालेका शीर्ष नेताहरुको बसोबास भएको नगर हो। पूर्वमन्त्री घनश्याम भुसाल, एमालेका पोलिटब्यूरो सदस्य लिला गिरी यहीँबाट प्रतिनिधित्व गर्छन्।

अघिल्लो पटक एमालेका उपाध्यक्ष पूर्व अर्थमन्त्री विष्णु पौडेलका निकट रहेका मोहन चापागाईंले पाएको टिकट खोसेर भुसालले वासुदेव घिमिरेलाई दिलाएका थिए। यो पटक उनको सक्रियता सुस्त हुँदा उपाध्यक्ष पौडेलको सक्रियता व्यापक छ।

त्यसैले एमालेबाट पनि तिलोत्तमामा आकांक्षी धेरै छन्। २०७४ सालको निर्वाचनमा घनश्याम भुसालले हस्तक्षेपकारी भूमिका निर्वाह गरे पनि यो पटक उनले कुनै भूमिका बढाएका छैनन्। एमाले महाविधेशनमा उपाध्यक्षमा पराजित भुसाललाई यो पटक स्थानीय तहको चुनावले छोएकै छैन भन्दा पनि हुन्छ। 

अघिल्लो पटक एमालेका उपाध्यक्ष पूर्व अर्थमन्त्री विष्णु पौडेलका निकट रहेका मोहन चापागाईंले पाएको टिकट खोसेर भुसालले वासुदेव घिमिरेलाई दिलाएका थिए। यो पटक उनको सक्रियता सुस्त हुँदा उपाध्यक्ष पौडेलको सक्रियता व्यापक छ। भुसालसँग निकट रहेका घिमिरे अहिले पौडेल पक्षका नेताका रुपमा परिचित छन्। बहालवाला मेयर घिमिरे आफैं आकांक्षी हुन्। 

त्यस्तै। अघिल्लो पटक नै टिकट पक्कापक्की भइसकेका चापागाईं पनि यो पटक मेयरका बलियो दाबेदार हुन्। उनले उपाध्यक्ष विष्णु पौडेल मार्फत लबिङ थालेका छन्। जिल्ला कमिटी सचिव यज्ञ गैरेले पनि दावी गरेका छन्। हालकी उपप्रमुख जागेश्वरीदेवी चौधरीले पनि तिलोत्तमामा थारु समुदायको बाक्लो बस्ती रहेको र समावेशितालाई आधार बनाउँदा आफ्नो मेयरको दाबी रहेको बताएकी छन्। चौधरी १० बुँदे सहमतिसँगै नेता भुसालसँगै एमालेमा बसेकी हुन्। 

त्यसो त यो पटक एमाले विभाजन भएर माधव नेपालको नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादी पार्टीले समेत एमालेको भोट काट्नेछ। एकातर्फ गठबन्धन अर्कोतर्फ पार्टीको विभाजन भएकाले एमालेलाई तिलोत्तमामा शाख जोगाउन चुनौतीपूर्ण देखिन्छ। तर, नेकपा एमाले रुपन्देहीका सचिव यज्ञ गैरे भने विभाजनले खास असर नगर्ने दावी गर्छन्। उनले केहि वडामा भोट काटिए पनि एमालेका लागि त्यसले हारजितमा असर नगर्ने बताए। एमालेले विभाजनले असर नगर्ने बताए पनि स्थिति त्यति सहज भने छैन। एमालेभित्रै मेयरका लागि टिकट ल्याउन निकै प्रतिस्पर्धा चलेको छ। एउटाले टिकट पाउँदा अर्को पक्ष रुष्ट हुने हुँदा यो पटक एमालेले कसरी मिलाउँछ, त्यो पनि महत्वपूर्ण पाटो हुने एमालेकै एक नेताले बताए। 

नेकपा एकीकृत समाजवादी रुपन्देहीका सचिव अविराम विश्वकर्माले एमालेले आफूहरुलाई कमजोर आकलन गर्नु नै गठबन्धनको लागि सहज जित हुने बताए। उनले रुपन्देहीको उत्तरी भेगमा आफूहरुको राम्रो प्रभाव रहेको दावी गरे। 

अन्य पार्टी गठबन्धनको भागको पर्खाइमा 

तिलोत्तमामा नेकपा माओवादी केन्द्रबाट बेलप्रसाद शर्मा, लक्ष्मण खनाल, दिलमाया गुरुङले प्रमुखमा दावी गरेका छन्। नेकपा माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसिले गठबन्धनमा को पर्छ, त्यसको टुंगो अझै नलागेकाले अहिले नै पद यकिन नभएको बताए। माओवादीका लागि तिलोत्तमामा उपप्रमुख पर्ने नेताहरुले बताएका छन्। 

यता नेकपा एकीकृत समाजवादीले पनि तिलोत्तमामा नगर प्रमुख र उपप्रमुखमा दावी गरेको छ। समाजवादी नेतृ भगवती घिमिरे, नेकपा (एस)  तिलोत्तमाका नगर अध्यक्ष राजेन्द्र सुवेदीले दावी गरेका छन्। समाजवादीले पनि उपप्रमुखमा आफूहरुको जोड रहेको बताएको छ। त्यस्तै जनता समाजवादी पार्टीले पनि दावी गरेको छ। जसपाले वडाध्यक्षमा दावी गरेको छ। 

प्रकाशित: Apr 12, 2022| 10:58 मंगलबार, चैत २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।