आइतबार, भदौ १४, २०८३

सुनको मूल्य थप घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

 |  मंगलबार, कात्तिक ११, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ११, २०८२

काठमाडौं- अन्तरराष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो तीन दिनयता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ।

गत आइतबार एकै दिन प्रतितोला रू ११ हजार छ सयले घटेर रू दुई लाख ४१ हजार ९०० कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा रू दुई हजार घटेर रू दुई लाख ३९ हजार ९०० मा किनबेच भएको थियो। आज फेरि प्रतितोला रू दुई हजार ९०० घटेपछि रू दुई लाख ३७ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। त्यसैगरी आज चाँदी प्रतितोला रू ६० घटेर रू दुई हजार ९२० मा किनबेच हुनेछ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

प्रकाशित: Oct 28, 2025| 12:35 मंगलबार, कात्तिक ११, २०८२
प्रतिक्रिया दिनुहोस्