शनिबार, मंसिर १३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • रुपन्देहीमा एमाले : तिलोत्तमामा ४ र सिद्धार्थनगरबाट ८ जनाको नाम मेयरका लागि सिफारिस

रुपन्देहीमा एमाले : तिलोत्तमामा ४ र सिद्धार्थनगरबाट ८ जनाको नाम मेयरका लागि सिफारिस

एमाले तिलोत्तमा नगर कमिटीको बैठकले मेयरमा बहालवाला मेयर वासुदेव घिमिरे, नेताहरू मोहन चापागाई, यज्ञ गैरे र दिनेश फुल्लेलको नाम सिफारिस भएको एमाले तिलोत्तमा नगर कमिटी अध्यक्ष तामनाथ पाण्डेले जानकारी दिए ।
 |  मंगलबार, चैत २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २९, २०७८

बुटवल- नेकपा एमालेले रुपन्देहीको तिलोत्तमाको मेयर पदका लागि चार जनाको नाम सिफारिस गरेको छ भने सिद्धार्थनगरबाट आठ जनाको नाम सिफारिस गरिएको छ। एमाले तिलोत्तमा नगर कमिटीको बैठकले मेयरमा बहालवाला मेयर वासुदेव घिमिरे, नेताहरू मोहन चापागाई, यज्ञ गैरे र दिनेश फुल्लेलको नाम सिफारिस भएको एमाले तिलोत्तमा नगर कमिटी अध्यक्ष तामनाथ पाण्डेले जानकारी दिए ।

National life

यता बैठकले उपप्रमुख उपमेयरका लागि ५ जनाको नाम सिफारिस गरेको छ। बहालवाला उपमेयर जागेश्वरदेवी चौधरी, नेतृहरू देवी वाग्ले, रेनुका खरेल, जमुना लम्साल र संगिता गुरूङको नाम उपमेयरको लागि सिफरिस गरेका हुन्।

गृहमन्त्री खाणको गृहनगर भएकोले पनि तिलोत्तमाको निर्वाचनलाई निकै चासोको साथले हेरिएको छ।  

सिद्धार्थनगरबाट ८ सिफारिस

एमालेले रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाबाट ८ जनाको नाम जिल्ला कमिटीलाई सिफारिस गरेको छ। आकांक्षी ८ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरिएको नगर सचिव नारायणप्रसाद भण्डारीले बताए। बहालवाला मेयर हरि अधिकारी सहित ८ जनाको नाम सिफारिस भएको छ। त्यस्तै  मेयरमा सिफारिस हुनेहरुमा भरत पोखरेल, नारायण प्रसाद भण्डारी, हितराज पन्थी, डा. रामप्रसाद बस्याल, राजेन्द्र पन्थी, जीवलाल अर्याल, अर्जुन गिरी छन्।

Laxmi sunrise bank
kumari

उपमेयरमा उमा अधिकारी, सीता काफ्ले र पम्फावती खनालको नाम सिफारिस गरिएको छ। सिद्धार्थनगरकी उपमेयर एमालेबाट निर्वाचित भए पनि हाल नेकपा एकीकृत समाजवादी पार्टीमा लागेकी छन्। रुपन्देही क्षेत्र नम्बर ३ मा पर्ने सिद्धार्थनगर एमाले नेता घनश्याम भूसालको निर्वाचन क्षेत्रमा पर्छ। तर, यो पटक भूसालको सक्रियता भने कमजोर देखिएको छ। बहालवाला मेयर अधिकारी भुसाल निकट हुन्। 


प्रकाशित: Apr 12, 2022| 19:42 मंगलबार, चैत २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।