बुटवल उपमहानगरको बारेमा पार्टी केन्द्रले गठबन्धन दलहरुसंग भागबण्डामा सहमति गरेकाले त्यहां गठबन्धन हुने तर अन्य १३ वटा पालिकामा एक्लै चुनाव लड्ने पार्टीका जिल्ला अध्यक्ष राजु गुरुङले बताए।
सत्ता गठबन्धनमा रहेको जसपाले बुटवल उपमहानगरमा आफ्नो पार्टीको अस्तित्व स्वीकार नगरेकाले बाध्य भएर उम्म्देवारी दिनुपरेको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज कमल खनालले बताए। पहिलो दिन मेयर...
उपमहानगरमा तालमेलको सहमति भएपछि गत निर्वाचनको मत विश्लेषण हुन थालेको छ। चारमध्ये तीन उपमहानगरमा यसअघि एमाले विजयी भएको छ। नेपालगञ्जमा राप्रपाले जितेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले बुटवलमा वैशाख ८ गते आमसभा गर्ने भएको छ। मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी आम सभाको तयारी पूरा भएको लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदयले बताए।
अमृताका पतिले विष सेवन गरेर आत्महत्या गरेको बताए पनि अमृताका माइती पक्षले त्यसमा शंका गरेपछि यो विषयले विवादको रुप लिएको छ। अमृताको हत्या भएको आरोप माइती पक्षको छ।
वन कार्ययोजना कार्यान्वयनको माग गर्दै वन उपभोक्ताहरुले सोमबार लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र वन तथा वातावरण मन्त्रालय घरोउ गरेका छन्।
रुपन्देहीको तिलोत्तमामा रहस्यमय रुपमा मृत्यु भएकी अमृता टण्डन खत्रीका माइती पक्षले घटनाको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट गराउन माग गरेका छन्।
बुटवल उपमहानगरपालिका र प्रदेश सरकार यो सडक आफ्नो क्षेत्राधिकार भित्र नपर्ने भन्दै उम्किरहन्छन्। सडक विस्तारको जिम्मेवारी पाएको बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाले निर्माण व्यवसायीलाई दोष थोपर्दै उम्किएको छ।
लुम्बिनी प्रदेशमा ५ दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनको भागबन्डा वैशाख ६ गतेसम्म टुंग्याउने निर्णय गरेका छन्। शुक्रबार बुटवलमा बसेको ४ उपमहानगर- ३२ नगरपालिका सहित १०९ वटा स्थानीय तहको भागबन्डा टुंग्याउने...