शनिबार, मंसिर १३, २०८२

एमालेले टुंग्यायो रुपन्देहीमा उम्मेदवार

नेकपा एमालेले रुपन्देहीका सबै पालिकामा उम्मेदवारको टुंगो लगाएको छ।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

बुटवल-  नेकपा एमालेले रुपन्देहीका सबै पालिकामा उम्मेदवारको टुंगो लगाएको छ। पार्टीको सचिवालय बैठकले बुटवल उपमहानगरपालिकाको प्रमुखमा बाबुराम भट्टराई र उप प्रमुखमा सावित्रा अर्यालको नाम निर्णय गर्दा एमाले प्रदेश कमिटीले तिलोत्तमा नगरपालिकाको नगर प्रमुखमा मोहन चापागाईं र उप प्रमुखमा जगेश्वरी देवी चौधरीलाई उठाउने निर्णय गरेको हो।

National life

चापागाईं प्रदेश कमिटी सदस्य हुन् भने जगेश्वरीदेवी चौधरी तिलोत्तमा नगरपालिकाकी वर्तमान उपप्रमुख हुन्। त्यसैगरी सैनामैना नगरपालिकाबाट नगरप्रमुखमा हालका नगरप्रमुख चित्र बहादुर कार्की र उप प्रमुखमा बिना राना दोहरिने भएका छन्। 

त्यसैगरी देवदह नगरपालिका प्रमुखमा ध्रुव खरेल र उपप्रमुखमा विद्यालक्ष्मी गुरुङलाई उठाउने एमालेको निर्णय छ। खरेल एमाले प्रदेश कमिटी सदस्य हुन् भने गुरुङ जिल्ला कमिटी सदस्य तथा नगरपालिका उपप्रमुख हुन्। देवदहमा यसअघि नगर प्रमुख नेपाली कांग्रेसले जितेको थियो।

सिद्धार्थनगर नगरपालिकामा एमालेबाट नगरप्रमुखमा डा. रामप्रसाद बस्याल नगरप्रमुख बन्ने भएका छन्। उपप्रमुखमा उमा अधिकारीलाई उठाउने निर्णय गरिएको एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले बताए। 

लुम्बिनी सांस्कृतिक नगरपालिकामा केही दिन अघिमात्रै नेपाली कांग्रेस त्यागेर एमाले प्रवेश गरेकी रमावती यादवलाई नगरप्रमुखमा र कल्पना हरिजनलाई उपप्रमुखमा उठाउने एमालेको निर्णय छ।

Laxmi sunrise bank
kumari

यी हुन् गाउँपालिका अध्यक्ष/उपाध्यक्षका उम्मेदवार

 मायादेवी गाउँपालिका

अध्यक्ष- लाला लोध     

उपाध्यक्ष- सन्नु चाई

मर्चवारीमाई गाउँपालिका 

अध्यक्ष- कमलेस यादव 

उपाध्यक्ष- बिन्द्रावती गौड

सम्मरीमाई गाउँपालिका 

अध्यक्ष- मुस्लिम खान    

उपाध्यक्ष- पिंकला लोध

कोटहीमाई गाउँपालिका

अध्यक्ष- श्यामसुन्दर यादव 

उपाध्यक्ष- मायाँ साहनी

गैडहवा गाउँपालिका   

अध्यक्ष- पशुपति यादव 

उपाध्यक्ष- मन्जु रिजाल

कञ्चन गाउँपालिका         

अध्यक्ष- गोकर्णवहादुर क्षेत्री     

उपाध्यक्ष- गोमा तरामु

शुद्धोधन गाउँपालिका 

अध्यक्ष- किशुनचन्द्र चौधरी

उपाध्यक्ष- शान्तादेवी ज्ञवाली

सियारी गाउँपालिका    

अध्यक्ष- अयोध्या थारु

उपाध्यक्ष- अमृता गुरुङ

ओमसतीया गाउँपालिका    

अध्यक्ष- मन्जितकुमार यादव  

उपाध्यक्ष- निर्मलाकुमारी निषाद

रोहिणी गाउँपालिका

अध्यक्ष- सनोजकुमार यादव

उपाध्यक्ष- बसन्ती पाण्डे

प्रकाशित: Apr 24, 2022| 12:34 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।