शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • बुटवलमा गठबन्धनविरुद्ध जसपाद्वारा मेयर र उपमेयरमा उम्मेदवारी दर्ता

बुटवलमा गठबन्धनविरुद्ध जसपाद्वारा मेयर र उपमेयरमा उम्मेदवारी दर्ता

सत्ता गठबन्धनमा रहेको जसपाले बुटवल उपमहानगरमा आफ्नो पार्टीको अस्तित्व स्वीकार नगरेकाले बाध्य भएर उम्म्देवारी दिनुपरेको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज कमल खनालले बताए। पहिलो दिन मेयर र उपमेयरको मनोनयन गरेको बताउँदै सोमबार १९ वटै वडामा मनोनयन गर्ने बुटवल नगर इन्चार्ज नारायण नागिलाले बताए।
 |  आइतबार, वैशाख ११, २०७९

विनोद परियार

विनोद परियार

आइतबार, वैशाख ११, २०७९

बुटवल- सत्ता गठबन्धनमा भएको सहमति विपरीत बुटवलमा जनता समाजवादी पार्टीले बुटवल उपमहानगरमा मेयर उपमेयरका लागि उम्मेदवारी दर्ता गरेको छ। 

National life

बुटवलस्थित निर्वाचन कार्यालयमा आइतबार मेयरका लागि सुरज हितान मगर र उपमेयरमा सम्झना पौडेलले उम्मेदवारी दर्ता गराएका हुन्।

सत्ता गठबन्धनमा रहेको जसपाले बुटवल उपमहानगरमा आफ्नो पार्टीको अस्तित्व स्वीकार नगरेकाले बाध्य भएर उम्म्देवारी दिनुपरेको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज कमल खनालले बताए। पहिलो दिन मेयर र उपमेयरको मनोनयन गरेको बताउँदै सोमबार १९ वटै वडामा मनोनयन गर्ने बुटवल नगर इन्चार्ज नारायण नागिलाले बताए।

बुटवल उपमहानगरमा सत्तारुढ पाँच दलका बीचमा केन्द्रीय तहबाटै गठबन्धन कायम गर्ने सहमती भएको हो। सहमती अनुसार बुटवलमा मेयर कांग्रेस र उपमेयर एकीकृत समाजवादीको भागमा परेको छ। 

तर, सत्ता गठबन्धनकै घटकले उम्मेदवारी मनोनयन गरेपछि गठबन्धन भत्किने क्रम सुरु भएको हो। जसपाबाट बुटवलको मेयरमा उम्मेदवारी दिएका हितानले आफूले युवाहरुको भावनालाई बुझेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। पहिलो दिन रुपन्देहीका स्थानीय तहहरुमा साना दलले मात्रै मनोनयन दर्ता गरेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 24, 2022| 18:55 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।