बुटवल- राष्ट्रिय प्रजातन्त्र पार्टीले बुटवलमा वैशाख ८ गते आमसभा गर्ने भएको छ। मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी आम सभाको तयारी पूरा भएको लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदयले बताए।
पार्टीको केन्द्रीय अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछिको बुटवलमा पहिलो सभा हुन लागेको उनले बताए। राप्रपा बुटवल उपमहानगरपालिका समितिले सभा आयोजना गर्न लागेको हो।
राप्रपाका सल्लाहकार समितिका केन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री निरन्जन थापाले यो संविधानलाई आलोचनात्मक समर्थन गरेको भन्दै संविधानमा पार्टीहरुको आ-आफ्नो एजेण्डा राखिएको बताए। कांग्रेस र एमालेको एजेण्डा नरहेको भन्दै राप्रपासँग मात्र अल्पकालीन र दिर्घकालीन एजेण्डा रहेको उनले दाबी गरे।