शनिबार, मंसिर १३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • कांग्रेस छाडेका नेता मातृका यादव जसपा प्रवेश, सिद्वार्थनगरमा मेयर उठने

कांग्रेस छाडेका नेता मातृका यादव जसपा प्रवेश, सिद्वार्थनगरमा मेयर उठने

कांग्रेसले मेयरको टिकट नदिएपछि नेता मातृकाप्रसाद यादव जनता समाजवादी पार्टी प्रवेश गरेका छन्।
 |  शुक्रबार, वैशाख ९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ९, २०७९

वुटवल- कांग्रेसले मेयरको टिकट नदिएपछि नेता मातृकाप्रसाद यादव जनता समाजवादी पार्टी प्रवेश गरेका छन्। 

National life

रूपन्देहीको सिद्वार्थनगरमा मेयरको टिकट पाउने निश्चित भएपछि यादव जसपा प्रवेश गरेका हुन्। 

शुक्रबार लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले उनलाई पार्टी प्रवेश गराएका हुन्।

स्थानीय तहको टिकट वितरणमा नेपाली कांग्रेसले पूरानो नेतालाई भन्दा नवप्रवेशीलाई प्राथमिकता दिएको भन्दै उनले पार्टी परित्याग गरेको बताएका छन्। उनी रूपन्देहीको भैरहवास्थित सिद्वार्थनगर नगरपालिकामा मेयरका आकांक्षी थिए। 

उनी कांग्रेसबाट अघिल्लो निर्वाचनमा पनि प्रत्यासी थिए। यादव जसपा प्रवेश गरेपछि उनी अब सोही पार्टीबाट नगर प्रमुख पदको उम्मेदवार हुने जनता समाजवादी पार्टीका नेता किस्मत विश्वकर्माले जानकारी दिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 22, 2022| 11:15 शुक्रबार, वैशाख ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।