शनिबार, मंसिर १३, २०८२

बुटवलको जंगलमा दम्पतीको शव भेटियो

बुटवलको जंगलमा एक दम्पती मृत फेला परेका छन्।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– बुटवलको जंगलमा एक दम्पती मृत फेला परेका छन्। बुटवल उपमहानगरपालिका– ७ शिवनगरस्थित सामुदायिक वनमा उनीहरूको शव फेला परेको प्रहरीलले जनाएको छ।

मृत भेटिनेमा बुटवल उपमहानगरपालिका–११ बस्ने ६० वर्षीय काजीमान श्रेष्ठ र उनकी श्रीमती ५५ वर्षीया कमला श्रेष्ठ रहेका छन्। वैशाख ६ गते आफन्त भेट्न भन्दै घरबाट हिँडेका उनीहरू घर नफर्किएपछि खोजी गर्दै जाँदा आइतबार मृत फेला परेका हुन्। उनीहरूका छोराहरू वैदेशिक रोजगारीमा रहेको र घरमा छोरी तथा बुहारीसँग बस्दै आएको प्रहरीले जनाएको छ।

उनीहरूको शवनजिकै शिशाका बोतल, रक्सीलगायत वस्तु फेला परेको बताइएको छ। दम्पतीले आत्महत्या गरेको अनुमान प्रहरीको छ।

प्रकाशित: Apr 24, 2022| 18:49 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।