शनिबार, मंसिर १३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • रोल्पाको मेयरमा एमालेबाट उम्मेदवार बने पूर्वपत्रकार तथा मानव अधिकारकर्मी घनश्याम आचार्य

रोल्पाको मेयरमा एमालेबाट उम्मेदवार बने पूर्वपत्रकार तथा मानव अधिकारकर्मी घनश्याम आचार्य

नेकपा एमाले रोल्पाले जिल्लाका सबै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

काठमाडौं– नेकपा एमाले रोल्पाले जिल्लाका सबै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ। आइतबार बसेको एमाले लुम्बिनी प्रदेश कमिटीको बैठकले रोल्पा नगरपालिकाको मेयरमा घनश्याम आचार्यलाई अघि सारेको छ। 

National life

आचार्य पूर्व पत्रकार तथा मानव अधिकारकर्मी हुन्। ०७४ को चुनावमा माओवादी नेता कृष्णबहादुर महराका ज्वाइँ पुरण क्षेत्रीले मेयर हात पारेका थिए। यसपटकको चुनावमा कांग्रेसले पनि गठबन्धनबाट बाहिरिने निर्णय गरिसकेको छ। 

नगरपालिकाको उपप्रमुखममा कृष्णीकुमारी गौतमलाई अघि सारिएको छ। यस्तै रुन्टीगढीको प्रमुखमा बालाराम बुढा तथा उपप्रमुखमा हस्तमाली बाठा, त्रिवेणी प्रमुखमा कर्ण बाठा तथा उपप्रमुखमा जानकी बुढा, माडी प्रमुखमा विजय घर्ती तथा उपप्रमुखमा अमृता कुमारी घर्तीलाई अघि सारिएको छ।

गंगादेवको प्रमुखमा रोशनकुमार वली र उपप्रमुखमा निर्मला कुमारी वली, परिवर्तनको प्रमुखमा गंगाराम बुढा तथा उपप्रमुखमा सपना रोक्का, सुनछहरी प्रमुखमा जयप्रकाश बुढा र उपप्रमु्खमा पूर्माला खत्री, लुंग्री प्रमुखमा विरबहादुर खत्री र उपप्रमुखमा जुकमति बस्नेत र सुनिलस्मृति प्रमुखमा खिमचन्द्र पुन तथा उपप्रमुखमा तारा सेनलाई अघि सारिएको छ। 

थवाङ गाउँपालिकाको प्रमुखमा रविन्द्र रोका र उपप्रमुखमा शान्ती घर्तीलाई उम्मेद्वार बनाउने टुंगो लागेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 24, 2022| 15:18 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।