सोमबार, मंसिर १०, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • अमृता मृत्यु प्रकरण : प्रहरीको भूमिकामा पीडितको आशंका, सीआईबीबाट छानबिन गराउन माग

Siddartha premir insuranceSiddartha premir insurance

अमृता मृत्यु प्रकरण : प्रहरीको भूमिकामा पीडितको आशंका, सीआईबीबाट छानबिन गराउन माग

रुपन्देहीको तिलोत्तमामा रहस्यमय रुपमा मृत्यु भएकी अमृता टण्डन खत्रीका माइती पक्षले घटनाको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट गराउन माग गरेका छन्।
 |  आइतबार, वैशाख ४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ४, २०७९

बुटवल– रुपन्देहीको तिलोत्तमामा रहस्यमय रुपमा मृत्यु भएकी अमृता टण्डन खत्रीका माइती पक्षले घटनाको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट गराउन माग गरेका छन्।

triton college

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीको भूमिकाले आफूहरु सशंकित भएको भन्दै उनीहरुले प्रहरीमाथि पनि छानबिनको माग गरेका छन्। 

आइतबार मृतक अमृताका माइती पक्षले तिलोत्तमा २ जानकीनगरमा पत्रकार सम्मेलन गर्दै विष सेवन नभई हत्या नै भएको दाबी गर्दै अनुसन्धान फितलो नबनाउन प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका छन्। अृमताका दाजु पुष्पक खत्रीले शुरुदेखि नै बुुटवल प्रहरीले घटनालाई सामान्यीकरण गर्न खोजेको बताउँदै शुक्रबार शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेकोमा निन्दा गर्दै डीएसपीमाथि पनि छानबिनको माग गरे।

डीएसपी केसीले ज्यान कसुरमा मुद्दा दर्ता गर्न जाँदा पनि आनाकानी गरेको तथा मुद्दा दर्ता गर्न पनि आलटाल गरेको उनको आरोप छ। ‘राती ९ः३२ सम्म मसँगै कुरा भएको छ, ९ः५० मा लुम्बिनी अस्पतालले मृत भनेको छ। ढोका खुल्लै छ, बेड जस्ताको तस्तै छ,’ पुष्पकले भने, ‘सरसर्ती हेर्दा पनि बहिनीको हत्या भएकै देखिन्छ।’

उनले आफूहरु अन्यायमा परेको बताउँदै प्रहरीबाट निष्पक्ष अनुसन्धानको चाहना आफूहरुले राखेको बताए। ‘वैशाख २ गते दर्ता नम्बर पनि नपाएपछि हामी इलाका प्रहरी कार्यालयमा शान्तिपूर्ण प्रदर्शनमा उत्रेका थियौं, तर डीएसपी साब आफैं आएर गालीगलौज गर्दै हामीलाई कुटपिट गर्न थाल्नुभयो। त्यसपछि हामी झनै सशंकित छौं,’ उनले भने। शान्तिपूूर्ण प्रदर्शनमा उत्रेका बेला प्रहरीले बिनाकारण आफूहरुलाई कुटपिट गरेको घाइते कमल खत्रीले बताए।   

Metro Mart
vianet

शनिबार प्रमुख जिल्ला अधिकारी सहितको छलफलमा थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोबाट टोली ल्याउने सहमति भएको पुष्पकले बताए। शवको पोष्टमार्टम फरेन्सिक ल्याब विशेषज्ञको रोहवरमा पीडितले चाहेको अस्पतालमा गराउन समेत प्रशासनले सहमति जनाएको छ।

पीडित पक्षले दवावमूूलक कार्यक्रमलाई निरन्तरता दिने बताएको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, जिल्ला प्रहरी प्रमुख सहितको छलफलमा बुटवलका डीएसपीले पीडितलाई आक्रमण गरेकाले छानबिनको दायरामा ल्याउन माग गरेको पुष्पकले बताए। तिलोत्तमा २ जानकीनगरकी २९ वर्षिय अमृता टण्डनको चैत ३० गते राती रहस्यमय रुपमा मृत्यु भएको थियो।

विष सेवन गरेपछि लुम्बिनी प्रादेशिक अस्पतालमा लैजाँदा उपचारका क्रममा मृत्यु भएको भनिए पनि घटना शंकास्पद देखिएपछि पीडितले हत्या भएको भन्दै प्रहरीमा उजुरी दिएका छन्। अमृताका दाजु पुष्पक खत्रीले दिएको जाहेरीपछि वैशाख १ गते प्रहरीले अमृताका श्रीमान् प्रेम टण्डन, ससुरा टहलसिंह र सासू दीपा टण्डनलाई पक्राउ गरेको छ। शव पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै अन्त्येष्टि गरिने माइती पक्षले बताएका छन्। अमृताको न्यायका लागि भन्दै बुटवल र तिलोत्तमा क्षेत्रमा प्रदर्शन भइरहेको छ।

प्रकाशित: Apr 17, 2022| 16:40 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।