शुक्रबार, वैशाख २१, २०८१

लुम्बिनीका चार उपमहानगरमा को बलियो? [विश्लेषणसहित]

उपमहानगरमा तालमेलको सहमति भएपछि गत निर्वाचनको मत विश्लेषण हुन थालेको छ। चारमध्ये तीन उपमहानगरमा यसअघि एमाले विजयी भएको छ। नेपालगञ्जमा राप्रपाले जितेको छ।
 |  बिहीबार, वैशाख ८, २०७९

विनोद परियार

विनोद परियार

बिहीबार, वैशाख ८, २०७९

बुटवल- दलहरुले प्रतिष्ठा बनाएको लुम्बिनीका चार उपमहानगरमा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने भएको छ। सत्ता गठबन्धनका ५ दल (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा) बीच उपमहानगरमा भागबन्डा मिलेपछि गठबन्धन र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने पक्का भएको हो। 

triton college

सत्तासीन दलहरूबीच भएको सहमतिअनुसार बुटवल, तुलसीपुर र नेपालगञ्ज उपमहानगर नेपाली कांग्रेसले पाएको छ। नेकपा माओवादी केन्द्रको भागमा दाङको घोराहीको प्रमुख पद परेको छ। चारमध्ये बुटवल र तुलसीपुरमा एकीकृत समाजवादीले उपप्रमुख पाएको छ। कांग्रेसले घोराही र जनता समाजवादी पार्टीले नेपालगञ्जमा उपप्रमुख पाएको छ। 

शीर्ष नेतृत्वबीच उपमहानगरको भागबन्डा गरेपनि स्थानीय तहमा भने समस्या छ। नेपालगञ्जमा जनता समाजवादी पार्टीले कांग्रेसलाई मेयर छोड्न नसक्ने बताएको छ भने घोराहीमा माओवादीको मेयर मान्न नसक्ने कांग्रेसका स्थानीय नेताहरुको प्रतिक्रिया छ। नेकपा एकीकृत समाजवादीले तुलसीपुरमा मेयर नपाएकोमा स्थानीय नेता रुष्ट छन्। गठबन्धनभित्र स्थानीय नेताहरूबीच सकस त छँदैछ, त्योसँगै बुटवल उपमहानगरमा कांग्रेसले मेयर पाएपनि नेताहरूबीच नै विवाद छ। गठबन्धनभित्र आन्तरिक समस्या छ नै, विपक्षी एमालेले पनि उम्मेदवार छनौट गर्न सकेको छैन। लुम्बिनीका चार उपमहानगरमा एक्लाएक्लै निर्वाचन हुँदा नेपालगञ्जबाहेक अन्यत्र एमाले नै बलियो देखिएको छ।  

०७४ को मतपरिणाम

उपमहानगरमा तालमेलको सहमति भएपछि गत निर्वाचनको मत विश्लेषण हुन थालेको छ। चारमध्ये तीन उपमहानगरमा यसअघि एमाले विजयी भएको छ। नेपालगञ्जमा राप्रपाले जितेको छ। 

corrent noodles
Metro Mart

विगतमा कांग्रेस र माओवादीविच स्थानीय तहमा चुनावी तालमेल भएको थियो। तत्कालीन समयमा कांग्रेस, माओवादी तालमेल हुँदा पनि एमालेका उम्मेदवार विजयी भएकाले यो पटक पाँच दलबीच गठबन्धन गरेपनि खासै सहज अवस्था भने देखिँदैन। 

गठबन्धन एमालेको वर्चस्व तोड्ने रणनीतिमा छ। एमाले पनि विगतको शाख कायम राख्ने तयारीमा छ। विगतको चुनावी नतिजालाई हेर्दा एमाले एक्लैले ल्याएको मत बढी देखिन्छ। यद्यपि यो पटक नेकपा एमाले विभाजित छ। माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीले एमालेको मत काट्नेछ। 

जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले समेत यो पटक गठबन्धनलाई साथ दिएका छन्। २०७४ को स्थानीय तहको निर्वाचन परिणाम अनुसार गठबन्धनका लागि दाङको घोराही र तुलसीपुरमा गठबन्धनलाई सहज देखिएपनि बुटवल र नेपालगञ्ज चुनौतीपूर्ण छन्। 

बुटवल एमालेका लागि केही सहज देखिन्छ। तर, गठबन्धन भएको अवस्थामा दाङका दुवै उपमहानगर र नेपालगञ्जमा एमाले कमजोर हुने देखिन्छ। यद्यपि यो गत निर्वाचनको परिणाममा आधारित आकलन मात्र हो। 

बुटवलमा निर्णायक हुन सक्छन् जनमुक्ति र राप्रपा

२०७४ को मत परिणमका आधारमा विश्लेषण गर्ने हो भने बुटवलमा गठबन्धन बलियो देखिन्छ। तर, गठबन्धनका लागि त्यति सहज भने छैन। ०७४ मा एमालेका उम्मेद्वार शिवराज सुवेदीले मेयरमा २३ हजार २ सय ४९ मत ल्याएर विजयी भएका थिए। 

निकटम प्रतिद्वन्द्वी कांग्रेसका खेलराज पाण्डेले २० हजार ८ सय ५१ मत ल्याएका थिए। पाण्डेलाई माओवादीको समर्थन थियो। माओवादीबाट उपप्रमुखमा उठेका जगत पोखरेलले एमालेका गोमादेवी आचार्यले भन्दा निकै कम मत ल्याए। आचार्यले २५ हजार ३ सय १ मत ल्याउदा पोखरेलले १४ हजार ७ सय ९२ मात्रै मत पाए। 

प्रकाशित: Apr 21, 2022| 15:49 बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।