शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सेवा प्रवाह सहज र सरल बनाउन २३ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने गृहको तयारी

सेवा प्रवाह सहज र सरल बनाउन २३ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने गृहको तयारी

 |  मंगलबार, भदौ १०, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १०, २०८२

काठमाडौं- सरकारले सेवा प्रवाह सहज ल्याउन २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को प्रशासन समितिमा पठाएको छ।

National life

प्रशासन समितिले आवश्यक छलफल गरी कार्यान्वयनका लागि अगाडि बढाउने छ। गृह मन्त्रालय मातहतका जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट हुने सेवा प्रवाहलाई थप सहज र सरल बनाउनका लागि एकै पटक ठुलो सङ्ख्यामा इलाका प्रशासन कार्यालय स्थापना गर्न लागिएको हो।

सेवा प्रवाह गर्नुपर्ने क्षेत्रको जनसङ्ख्या, भौगोलिक सुगमता र पहुँचबिच देखिएको असमानतालाई समाधान गर्न २३ जिल्लामा इलाका प्रशासन स्थापना गर्न लागिएको मन्त्रालयले जनाएको छ।

सेवा प्रवाह गर्नुपर्ने क्षेत्रको जनसङ्ख्या, भौगोलिक सुगमता र पहुँचबिच असमानता देखिएका ठाउँमा आगामी दिनमा पनि थप इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृह मन्त्रालयको योजना छ।

Shivam cement

प्रकाशित: Aug 26, 2025| 09:41 मंगलबार, भदौ १०, २०८२
प्रतिक्रिया दिनुहोस्