मंगलबार, भदौ १०, २०८२

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

 |  मंगलबार, भदौ १०, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १०, २०८२

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं- नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य तोलामा एक हजार ५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक हजार ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन सोमबार सुनको मूल्य तोलामा १ लाख ९७ हजार २ सय रुपैयाँ थियो। यसअघि साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ।

त्यस्तै आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेर २३६० रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो। अघिल्लो दिन प्रतितोला २३५५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो।

प्रकाशित: Aug 26, 2025| 12:33 मंगलबार, भदौ १०, २०८२
प्रतिक्रिया दिनुहोस्