शनिबार, मंसिर २०, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • ‘कुलिङ पिरियड’ मा भएको चलखेलमा मेरो कहीँ गल्ती, कमजोरी छँदै थिएन : रामहरि खतिवडा

‘कुलिङ पिरियड’ मा भएको चलखेलमा मेरो कहीँ गल्ती, कमजोरी छँदै थिएन : रामहरि खतिवडा

 |  मंगलबार, भदौ १०, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा राज्य व्यवस्था तथा सुशासन समितिका निवर्तमान सभापति रामहरि खतिवडाले निजामती सेवा ऐनमा रहेको ‘कुलिङ पिरियड’ सम्बन्धी विवादमा आफ्नो कुनै गलत भूमिका नरहेको दाबी गरेका छन्।

National life

मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो कार्यकालमा कुनै गल्ती वा कमजोरी नगरेको र समितिलाई निष्पक्ष रूपमा सञ्चालन गरेको दाबी गरे।

‘व्यक्तिगत रूपमा मेरो तर्फबाट कहीँ गल्ती, कमजोरी छँदै थिएन,’ खतिवडाले भने, ‘म दृढताका साथ भन्छु, यो (निजामती विधेयक) ल्याउन मेरो ठूलो भूमिका थियो। मेरो अडान हिजो पनि थियो, आज पनि छ।’

उनले आफ्नो कार्यकालमा समितिले ८० वटा बैठक सफलतापूर्वक सम्पन्न गरेको, ६ हजारभन्दा बढी पीएसओ खोसेर ८ सयमा झारेको र नागरिकता विधेयक, भ्रष्टाचारसम्बन्धी विधेयकजस्ता महत्वपूर्ण कानुन पारित गराएको स्मरण गरे।

खतिवडाले निजामती विधेयकमा रहेको ‘कुलिङ पिरियड’ को व्यवस्था राष्ट्रिय सभाबाट पारित भएर नआएसम्म आफूले सभापति पदमा बसिरहने नैतिकताले नदिने भएकाले राजीनामा दिएको स्पष्ट पारे। ‘जबसम्म राष्ट्रिय सभाबाट कुलिङ पिरियडसहितको विधेयक पारित भएर आउँदैन, म बस्नु नैतिकताले दिँदैनथ्यो र दिँदैन पनि,’ उनले भने।

Laxmi sunrise bank
kumari

उनले आफ्नो कार्यकालमा सहयोग गर्ने पार्टी सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, उपसभापति पूर्णबहादुर खड्का तथा समितिका सबै सदस्यहरूप्रति आभार व्यक्त गरे। उनले ईश्वरी न्यौपानेलाई समितिको सभापति बनाउन आफैँ प्रस्तावक बसेको जानकारी दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे।

प्रकाशित: Aug 26, 2025| 21:10 मंगलबार, भदौ १०, २०८२
प्रतिक्रिया दिनुहोस्