शुक्रबार, वैशाख २१, २०८१

पहिले चुनाव जित्ने आधार थियो, अब हराउने एजेन्डा बन्दै

बुटवल उपमहानगरपालिका र प्रदेश सरकार यो सडक आफ्नो क्षेत्राधिकार भित्र नपर्ने भन्दै उम्किरहन्छन्। सडक विस्तारको जिम्मेवारी पाएको बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाले निर्माण व्यवसायीलाई दोष थोपर्दै उम्किएको छ।
 |  शनिबार, वैशाख ३, २०७९

विनोद परियार

विनोद परियार

शनिबार, वैशाख ३, २०७९

बुटवल- लुम्बिनी प्रदेशको अस्थायी मुकाम हो बुटवल। पश्चिम नेपालको व्यापारिक नाका पनि हो यो सहर। दुई वर्षयता भने बुटवल सहरको मुख्य राजमार्गको कन्तबिजोगले यात्रु र सवारी चालकले त सास्ती पाएकै छन्, त्योभन्दा बढी बदनामी कमाएका छन् नेता र जनप्रतिनिधिहरूले। संघीय सरकारको बेलहिया बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाले बुटवल चौराहादेखि गोलपार्कसम्मको करिब ३ किलोमिटर सडक ‘सिक्स’लेन बनाउन सुरु गरेको हो।

triton college

ठेक्का सम्झौता अनुसार सम्झौता अनुसार २०७६ असोज १२ गते नै सडक सम्पन्न भइसक्नुपर्ने थियो। तर, सडक सीमाभित्र घर भएकाहरूले पटक-पटक अदालतमा मुद्दा दिएपछि सडक विस्तार अवरुद्ध बन्न पुग्यो। तर, गत वर्ष २०७७ पुस २० गते सर्वोच्चको आदेशपछि व्यापारिक मार्ग विस्तार आयोजनाले बल प्रयोग गरेर घर तथा संरचना भत्काएको थियो। 

पहिला अदालतको निहुँमा काम गर्न नपाएको गुनासो गर्ने निर्माण व्यवसायी द कञ्चनजंगा बिरुवा जेबी काठमाडौंले ७७ पुसदेखि भने काम नगर्दा मुख्य सडक थप बेहाल भएको हो।

तीन किलो मिटर सडकका कारण नेतादेखि मन्त्रीसम्मले बदनाम हुनुपरेको छ। बुटवल नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलको निर्वाचन क्षेत्र पनि हो। पौडेल हरेक जसो कार्यक्रममा यही बुटवल वेलहियाको सडकलाई विकासको नमुनाभन्दै भाषण गर्ने गर्छन्।

corrent noodles
Metro Mart

विगतमा चुनावी जित्ने आधार समेत यही सडक बनेको थियो। तर, यही सडक अब भने चुनाव हराउने ऐजेन्डा बन्ने भएको छ। स्थानीय तहको निर्वाचन संघारमै आउँदा बुटवलको कन्तबिजोग सडकले बुटवलवासीलाई धुलो र हिलोले सास्ती दिएको छ भने नेतालाई यही कन्तबिजोग सडक देखाएर चुनावी प्रचारको अस्त्र बन्न थालेको छ।

बुटवल प्रदेशको अस्थायी मुकाम भएकाले मुख्यमन्त्री कुलप्रसाद केसी पनि दिनहुँ यही खाल्डाखुल्डी सडकमै यात्रा गर्छन्। प्रदेशका मन्त्री, सांसदको कुरै नगरौं। बुटवलका नगरप्रमुख शिवराज सुवेदीले यही सडकका कारण सबैभन्दा बढी निशानामा परेका छन्। 

संघीय सरकारले समयमा सडक निर्माण नगर्दा त्यही सडकको तस्बिर देखाएर आफ्नो बदनाम गरेको भन्दै बेलाबेला दुखेसो पोख्छन्। तर, प्रदेशका मुख्यमन्त्री, मन्त्री र स्थानीय सरकारले नागरिकले यति सास्ती पाउँदा पनि गम्भीरताका साथ सडकको निर्माण छिटो बनाउन कुनै भूमिका नखेलेको नागरिकहरूको भनाई छ।  

बुटवलका स्थानीय यदु प्रसाद न्यौंपानले बुटवलको सडकको दुराअवस्था देखेर नेताहरू लजाउनुपर्ने बताउँछन्। उनले बुटवलको सडकका कारण बुटवलवासीले पाउनुसम्मको सास्ती पाएको बताए।

राजमार्ग चौराहादेखि गोलपार्कसम्म पुग्न निकै सकस छ। पानी पर्दा हिलाम्य हुने सडक घाम लागेपछि धुलाम्मे छ। सडकमा सवारी चालक, यात्रुले मात्रै होइन, सडकको दायाँबायाँ व्यापार गर्नेहरूले समेत सास्ती पाएका छन्। 

पूर्व पश्चिम र सिद्धार्थ राजमार्गको मध्ये भागमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल नजिकैको  सडक अहिले ढलको पोखरी बन्दा वरपर नै दुर्गन्ध नै फैलिएको छ।  दैनिक हजारौं सवारी साधन आवतजावत हुने यो सडकमा सडक नै पोखरी बनेपछि सवारी चालक र यात्रुले सास्ती खेप्नुपरेको छ। सडक खाल्डै खाल्डा परेका छन्। सवारी चलाउनै नसक्ने अवस्था छ।

बुटवल रागमार्ग चौराहादेखि गोलपार्कसम्मको करिब ३ किलोमिटर सडक निर्माण कम्पनीको चरम लापरबाहीका कारण समयमा सम्पन्न नभएपछि यात्रु चालक र बुटवलवासीले पाउनुसम्मको सास्ती पाएका हुन। कतै हिलाम्मे कतै धुलाम्मे त कतै खाल्डैखाल्डा छन् सडक। यो सडकले यात्रुले सास्ती पाएकै छन्, सडक वरपर व्यापार व्यवसाय गर्नेहरूले पनि हैरानी खेप्नुपरेको बुटवलका व्यापारी आयुष बोगटीले बताए। उनले सडक सुधार नहुँदा व्यापार गर्न सक्ने अवस्था नभएको बताए।

वाक्क दिक्क भए बुटवलवासी

बुटवलको मुख्य सडकको हालत देखेर नागरिक त वाक्क भइसके। तर, प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसद र बुटवल उपमहानगरका मेयर उपमेयर यही उबडखाबड सडकमा यात्रा गर्दा पनि अझै चेतेका छैनन्। 

नागरिकहरूले यति सास्ती पाउँदासम्म पनि सरकारी निकायले चासो नदिएको यात्रु झविलाल चालिसले बताए। उनले सडकमा यात्रा गर्दा दुर्घटना हुने गरेको सुनाए। यता सरकारी निकाय एकले अर्कालाई दोष लगाएर उम्किने गरेका छन्। 

बुटवल उपमहानगरपालिका र प्रदेश सरकार यो सडक आफ्नो क्षेत्राधिकार भित्र नपर्ने भन्दै उम्किरहन्छन्। सडक विस्तारको जिम्मेवारी पाएको बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाले निर्माण व्यवसायीलाई दोष थोपर्दै उम्किएको छ। 

बुटवल–बेलहिया व्यापारिक मार्ग आयोजनाका इन्जिनियर शुभेच्छा सारुले निर्माण कम्पनीले समयमा काम पूरा नगर्दा सडकमा धुलो र हिलो भएको बताइन्। उनले निर्माण कम्पनीलाई पटक पटक ताकेता गरेको बताइन्। 

बुटवल राजमार्ग चौराहादेखि चिडियाखोलासम्म साँढे ३ किलोमिटर सडक अन्तिम पटक २०७९ साल असार ३२ गते निर्माण सम्पन्न गर्ने गरी म्याद थप भएको हो। तर, अब रातदिन काम गरे पनि यो मितिमा सडक निर्माण पूरा हुनेवाला छैन। 

निर्माण व्यवसायी द कञ्चनजंगा बिरुवा जेबी काठमाडौंले सडक विभागको ताकेतालाई बेवास्ता गर्ने गरेको छ। सडक सीमा भित्र घर भएकाहरूले पटक पटक अदालतमा मुद्दा दिएकाले सडक विस्तार रोकिएको हो। तेस्रो पटक २०७९ साल असार ३२ गते निर्माण सम्पन्न गर्ने गरी म्याद थप भएको हो।

४७ करोड २७ लाखमा ठेक्का सम्झौता भएको हो। पहिले अदालतलाई देखाएर रोकिएको निर्माण अहिले ठेकेदारले आलटाल गरेको छ यस्तै अवस्था हुने हो भने बुटवल बजार क्षेत्रमा यात्रा गर्नेहरूले अझै केही महिना सास्ती पाउने निश्चित नै छ। निर्माण कम्पनीले अहिले ढल निर्माणलाई भने तीव्रता दिएको छ।

प्रकाशित: Apr 16, 2022| 08:05 शनिबार, वैशाख ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।