काठमाडौं– नेपाली कांग्रेस रोल्पा सत्ता गठबन्धनबाट बाहिरिएको छ। स्थानीय तहको चुनावी भागबन्डामा कुरा नमिलेपछि कांग्रेसले गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो।
आइतबार आज बुटवलमा बसेको प्रदेशस्तरीय बैठकलगत्तै कांग्रेस रोल्पाले गठबन्धनबाट बाहिरिने निर्णय लिएको बताइएको छ। यसअघि पनि नेपाली कांग्रेसले रोल्पामा पाँच स्थानीय तहका प्रमुख र पाँच उपप्रमुखसहित ३६ वडाध्यक्ष नपाए गठबन्धन नगर्ने प्रष्ट पारेको थियो।
रोल्पामा १० पालिका र ७२ वडामध्ये कांग्रेसले आधा दाबी गरेको जिल्ला सभापति किशोर कुमार आचार्यले जानकारी दिए।