बुटवल- अर्घाखाँचीको मालारानी गाउँपालिकाको अध्यक्षमा बालकृष्ण आचार्यले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।
एमालेबाट ०७४ सालमा अध्यक्षमा निर्वाचित आचार्यलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्र रुपमा दोस्रो कार्यकालका लागि उनले उम्मेदवारी दिएका हुन्।
उनले गाउँपालिकाको अध्यक्ष पदबाट आईतबार राजीनामा दिएर पुनः दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्। पार्टीमा सरसल्लाह नगरी दलबहादुर भट्टराईलाई गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी बनाउने सहमति भए पछि आफूले बाध्य भएर अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुपरेको आचार्यले बताए।
पार्टीबाट जस्तोसुकै दबाब आए पनि आफ्नो उम्मेदवारी फिर्ता नहुने भन्दै उनले बताए।