बुटवल– नेकपा एकीकृत समाजवादीले तिलोत्तमा नगरपालिकाको मेयरमा महिलालाई उठाउने निर्णय गरेको छ। पार्टीको रुपन्देही जिल्ला कमिटी बैठकले सचिवालय सदस्य आशा कुमारी चौधरीलाई मेयरमा उठाउने निर्णय गरेको हो।
त्यस्तै उपमेयरमा सञ्जिव भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला उपसचिव सरिता श्रीसले बताइन्। चौधरी अनेमसंघ जिल्ला उपाध्यक्ष हुन् भने भण्डारी प्राध्यापन क्षेत्रमा सक्रिय छन्।