शनिबार, मंसिर १३, २०८२

लुम्बिनीमा गठबन्धन : वैशाख ६ गतेसम्म भागबण्डा टुंगाउने

लुम्बिनी प्रदेशमा ५ दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनको भागबन्डा वैशाख ६ गतेसम्म टुंग्याउने निर्णय गरेका छन्। शुक्रबार बुटवलमा बसेको ४ उपमहानगर- ३२ नगरपालिका सहित १०९ वटा स्थानीय तहको भागबन्डा टुंग्याउने निर्णय गरेका हुन्।
 |  शुक्रबार, वैशाख २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २, २०७९

National life
Laxmi sunrise bank
kumari

बुटवल- लुम्बिनी प्रदेशमा ५ दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनको भागबन्डा वैशाख ६ गतेसम्म टुंग्याउने निर्णय गरेका छन्। शुक्रबार बुटवलमा बसेको ४ उपमहानगर- ३२ नगरपालिका सहित १०९ वटा स्थानीय तहको भागबन्डा टुंग्याउने निर्णय गरेका हुन्। 

बैठकमा वैशाख ४ गतेभित्र केन्द्र र प्रदेशको सर्कुलरलाई आधार बनाई सहमति गरी प्रदेशमा पठाउने निर्णय भएको छ। वैशाख ५ गते १०९ वटै पालिकाको भागबण्डा मिलाउन प्रयत्‍न गर्ने र मिल्न नसकेका विवादित विषयमा सबै जिल्लाहरुमा नेपाली कांग्रेसले समन्वय गर्ने निर्णय भएको नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनले बताए। ५ गतेसम्म सहमति हुन नसकेका र नमिलेका विषय समेत उल्लेख गरी ५ दलको बैठकले निर्णय गरेर केन्द्रलाई जानकारी गराउने निर्णय भएको छ। ६ गतेभित्र केन्द्रीय निर्देशन अनुसार विवादित सबै पालिकाको टुंगो लगाउने निर्णय भएको हो।

बैठकपछि पत्रकारसँग कुरा गर्दै नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले ५ दलीय गठबन्धन प्रतिगमनविरुद्ध मुलुकको आवश्यकताले बनेको बताउँदै इमान्दारितापूर्वक लागु हुने बताए। प्रदेशका १०९ वटै पालिका गठबन्धनले जित्ने उनको दाबी छ। एमालेले जितेका ४३ मध्ये कम्तीमा आधा पालिका र ४ वटा उपहानगरपालिका मध्ये एक वटामा आफूहरुको दाबी रहेको बताए। 

प्रकाशित: Apr 15, 2022| 20:00 शुक्रबार, वैशाख २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।