शनिबार, मंसिर १३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • श्रीलंकाको जस्तो आर्थिक संकट नेपालमा आउँदैन : पूर्वगभर्नर नेपाल

श्रीलंकाको जस्तो आर्थिक संकट नेपालमा आउँदैन : पूर्वगभर्नर नेपाल

नेपाल राष्ट्रका पूर्वगभर्नर चीरञ्जीवी नेपालले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो नहुने बताएका छन्।
 |  बुधबार, चैत २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २३, २०७८

बुटवल– नेपाल राष्ट्रका पूर्वगभर्नर चीरञ्जीवी नेपालले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो नहुने बताएका छन्।

National life


पछिल्लो समय नेपालको अर्थतन्त्र कमजोर हुँदै गएको भन्दै चिन्ता व्यक्त भइरहेका बेला बुधबार रिपोर्टर्स क्लब लुम्बिनी प्रदेशले आयोजना गरेको साक्षात्कारमा पूर्वगभर्नर नेपालले श्रीलंकामा जस्तो आर्थिक अवस्था यहाँ नआउने बताएका हुन्।

‘श्रीलंकामा उत्तरपुस्तिका किन्ने पैसा नभएर सबै तहका परीक्षा रोकिएको जस्तो त यहाँ हुँदैन। तर आयातमा भन्दा निर्यातलाई जोड दिनुपर्छ,’ उनले भने। उनले सरकार रेमिट्यान्स बढाउन लागिपरेको भन्दै त्यसले केहि राहत पुग्ने बताए। स्थानीय तह र प्रदेश सरकार पनि केन्द्रमुखी मात्र नभई आत्मनिर्भर उन्मुख हुनुपर्ने नेपालको तर्क छ।

कर्जा विस्तार अहिलेसम्मकै सबैभन्दा धेरै ३२ प्रतिशत पुगेको उनले बताए। मुलुुकको आर्थिक अवस्था मजबुत बनाउनका लागि हरेक कुरामा संचितिकरण गर्नुपर्नेमा उनले जोड दिए। नेपालको अवस्था अवस्था ऋण तिर्न सक्ने रहेको भन्दै उनले यद्यपि ऋणमा मात्रै भर पर्न नहुनेमा जोड दिए। उत्पादन र निर्यातलाई उर्जाशिल बनाउने वाटोमा सरकार गम्भिर रुपमा अगाडि बढ्नुपर्ने उनले सुझाए।

प्रकाशित: Apr 06, 2022| 16:56 बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।