सोमबार, फागुन १८, २०८२

बुटवलमा मेयरका लागि एमालेबाट ८ जना सिफारिस, उपमेयरमा ४ जना

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको गृहनगर बुटवलमा मेयरका लागि ८ जनाको नाम सिफारिस भएको छ। नेकपा एमाले बुटवल उपमहानगरले आकांक्षी सबैको मन राख्‍ने गरी ८ जनाको नाम सिफारिस गरेको हो।
 |  बुधबार, चैत ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ३०, २०७८

बुटवल- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको गृहनगर बुटवलमा मेयरका लागि ८ जनाको नाम सिफारिस भएको छ। नेकपा एमाले बुटवल उपमहानगरले आकांक्षी सबैको मन राख्‍ने गरी ८ जनाको नाम सिफारिस गरेको हो। 

एमाले उपमहानगर कमिटीको बैठकले मेयरको उम्मेदवारका लागि हालका मेयर शिवराज सुवेदी, उपमेयर गुमादेवी आचार्यसहित ८ जनाको  नाम सिफारिस गरिएको नगर अध्यक्ष किसन ज्ञवालीले बताए।

त्यसैगरि मेयरका लागि सावित्रा अर्याल, गोपाल राना, बाबुराम भट्टराई, तेजेन्द्र केसी, रामप्रसाद रेग्मी र सूर्यबहादुर भट्टराईको नाम सिफारिस गरिएको छ। सिफारिश गरिएका मध्ये सुवेदी, आचार्य र अर्याल एमालेका केन्द्रीय सदस्य हुन्।

राना र भट्टराई व्यवासयी पृष्ठभूमिका हुन। यद्यपि राना भने लामो समयदेखि युवा पुस्तामा लोकप्रिय छन। केसी एमाले रुपन्देहीका अध्यक्ष हुन्। रेग्मी बुटवल उपमहानरपालिका प्रवक्ता हुन्।

उपप्रमुखमा चार जनाको सिफारिस

kumari

अध्यक्ष ज्ञवालीका अनुसार उपप्रमुखमा चार जनाको नााम सिफारिश गरिएको छ। ज्ञानुकेसी, खेम लुईंटेल, मधुकला कुँवर र कल्पना थापाको नाम सिफरिस गरिएको नगर अध्यक्ष ज्ञवालीले बताए।

बुटवलमा मेयर र उपमेयरमा आकांक्षी धेरै भएपछि उपमहानगर कमटीले भने सबैको नाम सिफारिस गरेको हो। यो नाम प्रारम्भिक रुपमा सिफारिस गरिएको भए पनि अन्तिम टुंगो जिल्ला प्रदेश र केन्द्रले नै लगाउनेछ।

प्रकाशित: Apr 13, 2022| 07:27 बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।