शनिबार, मंसिर १३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • पश्चिमाञ्‍चल ट्यांकर व्यवसायीले पेट्रोलियम पदार्थको ढुवानी नरोक्ने

पश्चिमाञ्‍चल ट्यांकर व्यवसायीले पेट्रोलियम पदार्थको ढुवानी नरोक्ने

पश्चिमाञ्‍चल टैङ्कर व्यवसायी संघले पेट्रोलियम पदार्थको ढुवानी नरोक्ने भएको छ। काठमाडौंसहित देशभर पेट्रोलियम पदार्थको कमिशन नपाएको भन्दै ढुवानी रोक्ने बताए पनि लुम्बिनीमा क्षेत्रको ट्यांकर व्यवसायीले भने ढुवानी नरोक्ने भएका हुन्।
 |  शुक्रबार, चैत १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १८, २०७८

बुटवल- पश्चिमाञ्‍चल टैङ्कर व्यवसायी संघले पेट्रोलियम पदार्थको ढुवानी नरोक्ने भएको छ। काठमाडौंसहित देशभर पेट्रोलियम पदार्थको कमिशन नपाएको भन्दै ढुवानी रोक्ने बताए पनि लुम्बिनीमा क्षेत्रको ट्यांकर व्यवसायीले भने ढुवानी नरोक्ने भएका हुन्। 

National life

सामाजिक उत्तरदायित्वमा समेत हामी व्यवसायीहरू जिम्मेवार हुने र समाजमा नकरात्मक सन्देश जाने भएकाले निगमको अनुरोधलाई स्विकार गरि ढुवानी नरोक्ने निर्णय गरिएको संघका महासचिव भुपराज अर्यालले जानकारी दिए। 

पश्चिमाञ्चल ट्यांकर व्यवसायी संघले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि आफूहरुको माग यथावत रहेपनि ढुवानी नरोक्ने स्पष्ट पारेको हो। नेपाल आयल निगम समक्ष ६ बुँदे माग वार्ताद्धारा समाधान गर्ने भन्दै पश्चिमाञ्चल टै्ंकर व्यवसायीले आन्दोलन नगर्ने जनाएको छ।  

६ बुँदे यथार्थ मागहरु यथावतै रहेको तर आन्दोलनको कार्यक्रम स्थगित गरीएको संघका प्रमुख सल्लाहकार चोपनारायण श्रेष्ठले बताए।

संघको यही  चैत १६ गते बसेको बैठकबाट नेपाल आयल निगम, नेपाल सरकार र व्यबसायी बीच वार्ता बसी समस्या समाधान गर्न अनुरोध गर्ने निर्णय गरेको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 01, 2022| 18:53 शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।