शनिबार, मंसिर १३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनी अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता

लुम्बिनी अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता

लुम्बिनी प्रादेशिक अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच अध्ययन–अध्यापन सम्बन्धी ६ बुँदे समझदारीमा हस्ताक्षर भएको छ।
 |  बुधबार, चैत २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २३, २०७८

बुटवल– लुम्बिनी प्रादेशिक अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच अध्ययन–अध्यापन सम्बन्धी ६ बुँदे समझदारीमा हस्ताक्षर भएको छ।

National life

बुधबार लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकाल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर डा. निकेश थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययन गर्न भर्ना भएका विद्यार्थीहरु लुम्बिनी प्रादेशिक अस्पतालमा आएर अभ्यास गर्नेछन्। आउँदो असोज १ गतेदेखि ३ जना एमडीजीपी विद्यार्थीहरु आउनेछन् भने क्रमशः नर्सिङ,एमडी–एमएस अध्ययन गर्ने विद्यार्थीहरु पनि आउने सम्झौतामा उल्लेख छ। कर्णालीबाट आउने विद्यार्थीलाई लुम्बिनी प्रादेशिक अस्पतालले निःशुल्क आवास सुविधा उपलब्ध गराउने छ।

सम्झौता कार्यान्वयनबाट बिरामीले सहज र छिटो सेवा पाउनुका साथै उपचारको गुणस्तरमा पनि सुधार हुने लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट ढकालले बताए। भविष्यमा प्रतिष्ठानमा अध्यापन हुने ९ वटै विषयका विद्यार्थी पठाउने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर थापाले बताए। 


प्रकाशित: Apr 06, 2022| 16:06 बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।