काठमाडौं– स्थानीय निर्वाचनको मिति नजिकिएसँगै देशभर विभिन्न ठाउँबाट युवाहरुले उम्मेदवारी घोषणा गरिरहेका छन्। यसैबीच रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नम्बर ६ को वडाध्यक्षमा मनिष खड्काले उम्मेदवारी घोषणा गरेका छन्।
२१ वर्षीय मनिषले अब समाज परिवर्तनको जिम्मेवारी युवाले नै लिनुपर्ने भन्दै आफूले स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताएका छन्। फुटबल खेलाडीसमेत रहेका मनिष स्नातक तहमा अध्ययनरत विद्यार्थी हुन्।
‘सामाजिक रुपान्तरणका लागि रोजगारी सिर्जना गर्ने, सामाजिक सहिष्णुता कायम गर्ने, स्थानीय स्रोतसाधनको परिचालन गर्ने र युवालक्षित कार्यक्रमहरुलाई प्राथमिकता दिने मेरो योजना छ,’ मनिषले सुनाए।