शनिबार, मंसिर १३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • अर्घाखाँचीका एक नगरपालिका र दुई गाउँपालिकामा एमालेले टुंग्यायो उम्मेदवार

अर्घाखाँचीका एक नगरपालिका र दुई गाउँपालिकामा एमालेले टुंग्यायो उम्मेदवार

नेपाल कम्युनिस्ट पार्टी (एमाले) अर्घाखाँचीले एक नगरपालिका र दुई गाउँपालिकामा उम्मेदवारको टुंगो लगाएको छ। पालिकास्तरीय बैठकले अर्घाखाँचीका शितगंगा, भूमिकास्थान नगरपालिका र पाणिनी गाउँपालिकामा उम्मेदवार टुंगो लगाएको हो।
 |  सोमबार, चैत २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २८, २०७८

National life
Laxmi sunrise bank
kumari

बुटवल- नेपाल कम्युनिस्ट पार्टी (एमाले) अर्घाखाँचीले एक नगरपालिका र दुई गाउँपालिकामा उम्मेदवारको टुंगो लगाएको छ।  पालिकास्तरीय बैठकले अर्घाखाँचीका शितगंगा, भूमिकास्थान नगरपालिका र पाणिनी गाउँपालिकामा उम्मेदवार टुंगो लगाएको हो।

भूमिकास्थान नगरपालिकाको प्रमुखमा रेशम थापा, उपप्रमुख बसन्ता पौडेलको टुंगो लागेको एमाले अर्घाखाँची अध्यक्ष पिताम्बर भुसालले बताए। थापा २०७४ सालको निर्वाचनमा माओवादीबाट भूमिकास्थानको प्रमुखमा विजयी भएका थिए।तर, उनी केहि साताअघि मात्रै एमाले प्रवेश गरेका हुन्। शितगंगा नगरपालिकाको प्रमुखमा वसन्त श्रेष्ठ र उपप्रमुखमा गीता भाट क्षेत्रीलाई सिफारिस गरिएको एमालेले जनाएको छ। 

पाणिनी गाउँपालिकाको अध्यक्षका लागि एमालेले टेकराज न्यौपानेको नाम टुंगो लागेको एमाले पाणिनीका अध्यक्ष कमल घिमिरेले बताए। उपाध्यक्षको नाममा भने विवाद छ। छत्रदेव गाउँपालिका, मालारानी गाउँपालिका, सन्धिखर्क नगरपालिकामा केही दिनमै उमेदवारको टुंगो लाग्ने एमाले अर्घाखाँचीले जनाएको छ।

प्रकाशित: Apr 11, 2022| 20:36 सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।