ललितपुर महानगरपालिकाभित्रका विद्यालय असोज १ गतेबाट खुल्ने भएका छन्। महानगरस्तरीय शिक्षा समितिको बैठकको निर्णयपछि महानगरभित्रका संस्थागत र सामुदायिक विद्यालय खुल्न लागेका हुन्।
लोकसेवा आयोगले व्यावस्थापिका संसद, परराष्ट्र, प्रशासन र लेखापरीक्षण सेवाका राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) वा सो सरह पदको योग्यताक्रम तर्फको नतिजा प्रकाशन तथा सिफारिश स्थगित भएको जनाएको छ।
स्थानीय तहले विद्यालय शिक्षालाई सम्हाल्न नसक्दा मनलाग्दी निर्णय गर्ने गरेको भन्दै शिक्षक महासंघले विद्यालय तहको शिक्षालाई स्थानीय तहको एकल अधिकारको सूचीबाट हटाएर केन्द्र वा प्रदेशले हेर्ने गरी संविधानमा परिवर्तन गर्न...
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि एवम् आंशिक परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डले आगामी असोज ११ गते देखि १८ गतेसम्म परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरसको सङ्क्रमणप्रति सचेत रहन आग्रह गरेको छ। मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको सङ्क्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको हो।
विभिन्न राजनीतिक दलका नेताहरूले आन्दोलनको बलमै शिक्षकका माग पूरा गर्न सकिने बताएका छन्। यसका लागि राजनीतिक नेतृत्वबीच पनि सहमति हुनुपर्ने उनीहरूको भनाइ छ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ओपिडीसहितका सबै उपचार सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मी एक सातापछि काममा फर्किएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा १० हजार चार सय ४९ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन्। हालसम्म पहिलो डोज ५७ लाख ७३ हजार ६१२ र पूर्ण मात्रामा खोप लगाउनेको संख्या ५१ लाख...
अध्ययन टोलीका सदस्य तथा स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीका अनुसार प्रतिष्ठानका उपकुलपति डा. गिरीले ‘प्राध्यापक’ लेख्न पाउने कानुनी आधार नभएको बताए।
तीनवर्षे कोर्सअन्तर्गत प्रत्येक तीन वर्षमा करिब २० हजार हाराहारीमा तथा १८ महिने कोर्सअन्तर्गत करिब ३० हजार हाराहारीमा दक्ष जनशक्ति उत्पादन हुन्छन्। यसरी उत्पादित जनशक्तिले स्वदेश तथा विदेशमा सजिलै काम पाउने...