शनिबार, चैत ७, २०८२

यस कारण हुन्छ हृदयाघात, जोगिने कसरी?

हृदयाघात एक जटिल किसिमको आकस्मिक अवस्था हो जसमा मुटुका रक्तनली अर्थात् धमनी र मुटुमै सामान्यत रगत जम्ने कारण रक्तसञ्चार बन्द भई सृजना हुने गर्दछ।
 |  बुधबार, असोज १३, २०७८

डा. शिवजी सिलवाल

डा. शिवजी सिलवाल

बुधबार, असोज १३, २०७८

मुटुरोग रोकथाम र नियन्त्रण गर्न सकिने भए तापनि यो विश्वव्यापी रुपमा पुरुष तथा महिला दुवैको मृत्युको प्रमुख कारक हो। हरेक देशको स्वास्थ्य सेवाका सुविधाहरू, जनताको जीवनशैली र देशको आर्थिक स्तर फरकफरक हुने हुँदा मृत्युको कारक पनि फरक फरक हुने गर्छ। संसारभरि नै मुटुरोग सबैभन्दा ठूलो ज्यानमारा रोग मानिन्छ। मुटुरोगपछि मस्तिष्क घात, श्वास–प्रश्वासको संक्रमण, झाडापखाला, एचआईभी/एड्स, सवारीसाधन दुर्घटना र समय अगावै जन्मिनु मृत्युका अन्य कारण हुन्। 

National life

हृदयाघात एक जटिल किसिमको आकस्मिक अवस्था हो जसमा मुटुका रक्तनली अर्थात् धमनी र मुटुमै सामान्यत रगत जम्ने कारण रक्तसञ्चार बन्द भई सृजना हुने गर्दछ। मुटुमा आवश्यक रगतको आपूर्ति बन्द हुँदा मुटुका रक्त कोषिकाहरूको क्षति हुने वा तिनीहरू मर्ने कारण मानिसको अचानक मृत्यु हुने जोखिम आइपर्न सक्छ। हृदयाघातका लक्षणमा छाती दुख्ने, छाती गहुँगो हुने र दुखाइ सर्दै छातीबाट सर्दै गएर बंगारा, गर्दन, पाखुरा र पिठ्ँयूतिर जाने, स्वाँस्वाँ हुने, कमजोरी अथवा रिंगटा लागेको महसुस हुने र अत्यधिक मात्रामा बेचैनी हुने आदि पर्दछन्। 

हृदयाघातका प्रचलित उपचारमा रगत पातलो पार्ने अर्थात् जमेको रगतलाई पगाल्ने औषधिको प्रयोग (जसलाई थ्रम्बोलाइसिस भनिन्छ), कारडियाक इन्टरभेन्सन् अर्थात् कोरोनरी एन्जियोप्लास्टी र मुटुको शल्यक्रिया जस्ता प्रक्रियाहरू पर्छन्। 
वास्तवमा कसैलाई दोस्रो पटक हृदयाघात भएको छ भने पहिलो हृदयाघातका जस्तै लक्षणहरू देखा नपर्न सक्छन्। केही मानिसमा कुनै पनि लक्षण नदेखिन सक्छ। यसलाई सुषुप्त हृदयाघात भनिन्छ। हृदयाघातको उपचार यसको प्रकृति र गम्भीरतामा निर्भर रहन्छ। हृदयाघातका प्रचलित उपचारमा रगत पातलो पार्ने अर्थात् जमेको रगतलाई पगाल्ने औषधिको प्रयोग (जसलाई थ्रम्बोलाइसिस भनिन्छ), कारडियाक इन्टरभेन्सन् अर्थात् कोरोनरी एन्जियोप्लास्टी र मुटुको शल्यक्रिया जस्ता प्रक्रियाहरू पर्छन्। 

एन्जियोग्राफीपछि मुटुको ओपन हार्ट सर्जरी जस्ता प्रक्रिया पनि अपनाइन्छन्। यी प्रक्रियाहरूमध्ये मुटुका धमनीमा रोकावटका कारण रक्त प्रवाह बन्द भई हुने हृदयाघातको उपचारमा सबैभन्दा प्रचलित प्रक्रिया एन्जियोप्लास्टी नै हो। उपचारको मुख्य उद्देश्य भन्नु नै बिरामीलाई अकस्मात मृत्युबाट बचाउनु र भविष्यमा आइपर्न सक्ने मुटुरोगसम्बन्धी कुनै पनि जोखिमबाट बचाउनु हो। यो प्रक्रिया अपनाउँदा तिघ्राको कापमा वा दाहिने अथवा देब्रे हातमा एउटा सानो प्वाल पारिन्छ। बिरामीको पीडा वा दुखाइ कम गर्न प्वाल पारिने स्थानमा लठ्याउने औषधि दिइन्छ। 

क्याथेटर भनिने एउटा सानो ट्युब बिरामीको मुटुको धमनीसम्म पठाइन्छ। मुटुको एक्स–रे लिँदै त्यो क्याथेटरलाई बन्द भएको वा साँधुरिएको धमनीसम्म पुर्‍याइन्छ। बन्द भएको धमनीको भाग पत्त लगाइसकेपछि क्याथेटरको टुप्पोमा रहेको बेलुन फुलाइन्छ र बन्द भएको वा साँघुरिएको धमनीलाई खोलिन्छ। यसरी बन्द भएको भाग खोलेपछि मुटुमा रक्त प्रवाह पुनः स्थापित गराइन्छ। धमनीको बन्द भएको वा साँघुरिएको भाग पुनः बन्द नहोस् भन्नका लागि त्यहाँ एउटा स्टेन्ट जडान अर्थात् प्रत्यारोपण गरिन्छ। 

स्टेन्ट तीन किसिमका छन्। ती हुन्– औषधीरहित धातुको स्टेन्ट–जुन सबैभन्दा सस्तो हुन्छ, औषधि लेपन गरिएको स्टेन्ट जुन केही महँगो हुन्छ र तेस्रो मांसपेशीमै विलय हुने स्टेन्ट। तेस्रो स्टेन्टले जडान गरिएको धमनीमा औषधिका माध्यमबाट यथेष्ट रक्त प्रवाह गराइसकेपछि र धमनीको चोट ठीक भइसकेपछि धमनीको त्यही भागमा विलय भएर जान्छ।

Laxmi sunrise bank
kumari

अनुसन्धानकर्ताहरूले के विश्वास गरेका छन् भने यस्तो किसिमको स्टेन्ट धमनीमा जडान गरिसकेपछि त्यस स्थानको रोकावट वा अवरोध खोल्न धातुको स्टेन्ट राखिरहनु पर्दैन। रक्तनलीहरूमा धातुको स्टेन्ट जडान गरेर छोड्नुपर्ने अवस्थाबाट यस खाले स्टेन्टले बिरामीलाई राहत दिन सक्छ। रक्त नलीहरू आफ्नो पुरानै अवस्थामा फर्किने सम्भावना रहन्छ र भविष्यमा आइपर्न सक्ने त्यस खाले प्रक्रियाबाट समेत बिरामीलाई जोगाउँछ। स्टेन्ट जडान गरिसकेपछि क्याथेट झिकिन्छ र सामान्यतः यो प्रक्रिया पुरा हुन २० देखि ४५ मिनेटको समय लाग्छ। तर कहिलेकाहीं प्राविधिक रुपले जटिल अवस्था सिर्जना भई धेरै समय लाग्छ। 

मुटुको शल्यक्रिया गरेको अवस्थामा भन्दा एन्जियोप्लास्टी गर्दा बिरामी चाँडै निको हुन्छन्। धेरैजसो बिरामी एन्जियोप्लास्टी गरेको दिन घर फर्कन सक्छन् भने केही बिरामी एन्जियोप्लास्टी गरेको दोस्रो बिहान फर्कन्छन्। 

९६ प्रतिशतभन्दा बढी एन्जियोप्लास्टी प्रक्रिया तत्कालै सफल हुन्छन्। रोकावट भएको धमनीबाट रक्त प्रवाह भएपछि बिरामीले तत्कालै राहत पाउने, सामान्य अवस्थामा फर्कने र निजीको छाती दुखाइ (एन्जाइना) कम हुन्छ। तर जटिल प्रकृतिका धमनीका रोग भएका बिरामीहरू भने पूर्णतया ठीक नहुन पनि सक्छन् तापनि तिनको रोगको लक्षण भने कम हुँदै जाने हुन्छ र तिनहरूलाई सक्रिय र सहज जीवन जिउन सजिलो पर्छ। मुटुको शल्यक्रिया गरेको अवस्थामा भन्दा एन्जियोप्लास्टी गर्दा बिरामी चाँडै निको हुन्छन्। धेरैजसो बिरामी एन्जियोप्लास्टी गरेको दिन घर फर्कन सक्छन् भने केही बिरामी एन्जियोप्लास्टी गरेको दोस्रो बिहान फर्कन्छन्। 

हाम्रो जस्तो गरिबीको रेखामुनि रहेको देशमा जहाँ मेडिकल इन्युरेन्स लागू गरेको छैन, यहाँका जनताका लागि एन्जियोप्लास्टी प्रक्रिया निकै महँगो साबित हुन्छ। अर्कोतर्फ जुन बिरामीमा धेरै धमनी साँघुरिएका वा बन्द भएका हुन्छन् त्यसखाले समस्यामा पनि एन्जियोल्लास्टी प्रक्रिया फलदायी नहुन सक्छ। त्यसरी नै खोलिएको धमनी एन्जिलोप्लास्टी पछि पनि पुनः बन्द हुने वा साँघुरिने सम्भावना रहन्छ। धमनी पुनः साँघुरिएको वा बन्द भएमा बिरामीलाई पुनः छाती दुख्छ र हृदयाघात हुन पनि सक्छ। पुनः बन्द भएको धमनीलाई दोस्रो एन्जियोप्लास्टी वा कहिलेकाहीं मुटुको बाइपास शल्यक्रिया वा औषधि उपचारबाट कम गर्न सक्छ। 

तपाईं आफैं बिरामी हुनुहुन्छ भने एन्जियोप्लास्टी गरिसकेपछि पनि आफ्नो जीवनशैलीमा सुधार ल्याएर आहार–व्यवहारमा नियन्त्रण गरेर वा शारीरिक क्रियाकलाप बढाएर आफूलाई स्वस्थ र स्फूर्त राख्न वाञ्छनीय हुन्छ। एन्जियोप्लास्टी गरिसकेपछि पनि तपाईंले नियमित रुपमा चिकित्सकको सम्र्पकमा रहने र सल्लाहअनुसार कोपिडग्रेल र एस्पीरिन जस्ता औषधि चिकित्सकको अनुमति बिना छाड्नु हुँदैन। त्यसका साथसाथै  धूमपान त्याग्ने, चिनीको रोग भए नियन्त्रणमा राख्ने, रक्तचाप भए नियमित परीक्षण गर्ने र आफ्नो शारीरिक तौल बढ्न दिनु हुँदैन। साथै बासोयुक्त खाना र कोलेस्टेरोल बढ्ने खाना पूर्णतया बन्द गर्नुपर्छ। मांसाहारी भएमा रातो मासु नखाने, चिल्लो युक्त दुग्ध पदार्थ (चिज, घ्यु) नखाने र बजारमा पाइने तयारी खाना बन्द गर्नुपर्छ। त्यसको बदलामा दैनिक रुपमा ताजा साजसब्जी र फलफूलमा वृद्धि गर्नुपर्छ। तपाईं मद्यपान गर्नुहुन्छ भने हार्ड ड्रिंकको सट्टा निश्चित मात्रामा रेड वाइज जस्ता पेय पदार्थ लिने बानी बसाल्नुपर्छ। 

हृदयाघात हुने बेलामा सामान्यतया छातीमा असजिलो हुन्छ। रक्तचाप बढ्छ। छाती गहुँगो भएको महसुस हुन्छ। छाती दुख्छ। पाखुरा वा छातीको करङको तल्लो भाग, पिठ्यूँ, बंगारा, गर्दन अथवा हाततिर वा समग्रमा सबैतिर दुख्छ।

भविष्यमा आफूलाई तन्दुरुस्त राख्न आजैबाट तपाईंले नियमित रुपमा व्यायाम गर्ने बानी बसाल्दै व्यायामले आफूलाई पुर्‍याउने फाइदाबारे सचेत रहनुपर्छ। याद रहोस् शारीरिक व्यायामले तपाईंको मुटुलाई रक्षा गर्नुसाथै शरीरको शक्ति सन्तुलन र मानसिक शान्तिका लागि सकारात्मक भूमिका खेल्छ। दैनिक हिँड्नु व्यायामको एक सजिलो उपाय हो। तपाईं ठूलाठूला भवनमा माथि चढ्दा लिफ्टको प्रयोग गर्नुहुन्छ भने त्यसलाई छोडेर भर्‍याङबाटै माथि चढ्ने, कतै जाँदा बस अथवा कारमा सफर गर्नुभन्दा हिँडेर जाने बानी गर्नु उपर्युक्त हुन्छ। 

हृदयाघात भएको बखत त्यसका लक्षणहरू करिब ३० मिनेट वा बढी समयसम्मका लागि रहन सक्छ। हृदयाघात हुने बेलामा सामान्यतया छातीमा असजिलो हुन्छ। रक्तचाप बढ्छ। छाती गहुँगो भएको महसुस हुन्छ। छाती दुख्छ। पाखुरा वा छातीको करङको तल्लो भाग, पिठ्यूँ, बंगारा, गर्दन अथवा हाततिर वा समग्रमा सबैतिर दुख्छ। सास फेर्न गाह्रो हुन्छ। चिटचिट पसिना आउँछ। वाकवाकी लाग्छ। बान्ता हुन्छ, झुम्म लागेजस्तो हुन्छ, कमजोरी हुन्छ, बेचैनी हुन्छ, स्वाँस्वाँ बढ्छ र मुटुको धड्कन छिटोछिटो बढ्छ। 

जेसुकै भए तापनि यदि तपाईंलाई हृदयाघात भएको शंका भएमा तत्कालै हृदयरोग उपचार केन्द्रमा सम्पर्क गर्नुपर्छ। साथै त्यस अवस्थामा एक ट्याब्लेट एस्पिरिन (३०० मिग्रा) बिरामीलाई तत्कालै ख्वाइदिनुपर्छ। तत्कालै गरिएको उपचार बिरामीको मुटुमा धेरै हानि हुनुबाट जोगाउने एक उपयुक्त तरिका हुन सक्छ। 

प्रकाशित: Sep 29, 2021| 11:26 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्