शनिबार, साउन १६, २०८३

२४ घण्टामा ८६७ कोरोना संक्रमित थपिए, ८३ हजार ३७३ ले लगाए खोप

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ५९८ जनाको पीसीआर परीक्षण गर्दा ६५९ र दुई हजार ६२१ जनाको एन्टिजेन परीक्षण गर्दा २०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
 |  शनिबार, असोज १६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज १६, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ८६७ कोरोना भाइरस संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ५९८ जनाको पीसीआर परीक्षण गर्दा ६५९ र दुई हजार ६२१ जनाको एन्टिजेन परीक्षण गर्दा २०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यही अवधिमा कोरोना संक्रमण निको भएर एक हजार १२३ जना डिस्चार्ज भएका छन्।हालसम्म देशभर ९६.२८ प्रतिशत मानिसहरु कोरोना संक्रमणमुक्त भएका छन्। 

 २४ घण्टाको अवधिमा नै ८३ हजार ३७३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। हालसम्म देशभर ७६ लाख ९४ हजार ६०९ जनाले पहिलो डोज खोप लगाएका छन् भने ६३ लाख ४६ हजार २०९ जनाले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन्। 

कोरोना संक्रमणकै कारण पछिल्लो २४ घण्टामा नौजनाको मृत्यु भएको छ भने हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १५७ पुगेको छ। 

देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६४२ रहेको छ। जसमा ३५० जना सघन उपचार कक्षामा छन् भने् ११२ जनाको भन्टिलेटरमा राखेर उपचार भइरहेको छ। १६ हजार ३७१ जना होम आइसोलेसनमा छन्। 

प्रकाशित: Oct 02, 2021| 16:30 शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्