शनिबार, चैत ७, २०८२

तीव्र गतिमा फैलँदैछ सापु, सातामै भेटिए सय बिरामी

त्रिवि शिक्षण अस्पतालकी वरिष्ठ नेत्ररोग विशेषज्ञ डा रञ्जु खरेलले अझै तीन महिना सापु रोगको जोखिम बढ्न सक्ने भएकोले सचेतना अपनाउन आग्रह गरिन्। भदौदेखि मङ्सिरसम्म सो रोग देखिने गर्दछ।
 |  बिहीबार, असोज १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १४, २०७८

काठमाडौँ- विगत तीन हप्तामा  सापु रोगबाट एक सय बिरामी परेका छन्। सेतो पुतलीको सङ्क्रमबाट आँखामा लाग्ने रोगलाई सापु भन्ने गरिन्छ। ४६ वर्षयता यति छोटो अवधि पहिलो पटक यति धेरै बिरामी देखिएको जनाइएको छ। 

National life

त्रिवि शिक्षण अस्पतालकी वरिष्ठ नेत्ररोग विशेषज्ञ डा रञ्जु खरेलले अझै तीन महिना सापु रोगको जोखिम बढ्न सक्ने भएकोले सचेतना अपनाउन आग्रह गरिन्। भदौदेखि मङ्सिरसम्म सो रोग देखिने गर्दछ। 

उनका अनुसार सापुबाट आँखाको भित्री भागलाई असर गर्नुको साथै आँखाको सबै पत्र दु्रतगतिमा सुनिन्छ र भित्रि भागमा पिप जम्दै जान्छ। नेपालमा सापु रोग विसं २०३२ मा पहिला पटक पोखराको एउटा विद्यालयमा देखिएको हो। रोग सबैभन्दा बढी बालबालिकामा देखिने गर्दछ। ३८ दिनको शिशुदेखि ८० वर्षका ज्येष्ठ नागरिकलाई पनि असर गर्ने गर्दछ। सहप्राध्यापक डा खरेल अनुसार प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका मध्यपहाडी जिल्लामा सापुका बिरामी बढी देखिएका छन्। 

उनले सबै सेतो पुतली हानीकारक नभएको र  कालो धर्सा तथा पुच्छरमा पहेँलो भएका सेतो पुतलीको काउसो वा झुस हुस हानिकारक हुने गरेको बताइन्। अहिले पोखरामा प्रशस्त्र मात्रामा भित्ता, बत्तीमा सेता पुतली रहेका छन्। कतिपय अवस्थामा सेतो पुतलीको संसर्गमा नआएका मानिसमा पनि यो रोग देखा पर्न सक्ने जनाइएको छ। 

'पुतली बसेर उठिसकेको हुन्छ र त्यसले आफू बसेको ठाउँमा झुस, अण्डा र काउसो छाडेर गएको हुन्छ। हो त्यहीँबाट सापु रोग देखिने गर्दछ,' उनले भनिन्। अचानक एउटा आँखा रातो हुनु, रातो आँखाको कालो नानीको बीचमा सेतो देखिने, आँखाभित्र पिप जमेर नानी सेतो हुनु, आखाँको ज्योति घट्दै जाने यस रोगका लक्षण हुन्।  एउटा आँखा रातो भएका अवस्थामा तुरुन्तै नजिकैको आँखा उपचार केन्द्रमा परीक्षण गराउनु पर्ने उनको भनाइ छ।

Laxmi sunrise bank
kumari

यस्तै सापुबाट आँखा सुकेर र कुरुप समेत हुने जनाइएको छ। सापु सम्भावित ठाउँमा चिप्रा नलाग्ने गरी एउटा मात्रा आँखा रातो भएका अवस्थामा सापु रोग लागेको शङ्का गर्नुपर्दछ। अहिले गण्डकी प्रदेशको हिमालय आँखा अस्पताल र लुम्बिनी प्रदेशको लुम्बिनी आँखा केन्द्रमा सापुका बिरामीले शय्या भरिएका बताइएको छ। 

नेत्र रोग विशेषज्ञ डा खरेलका अनुसार सापु रोगका तीन अवस्था हुन्छन्। पहिलो अवस्थामा आँखा रातो हुनु यसलाई सामान्य सापु भन्ने गरिन्छ र यस्तो अवस्थामा आँखालाई पहिल्यैकै अवस्थामा फर्काउन सकिन्छ। सामान्य अवस्थामा उपचार गर्न सकेनौँ भने आँखामा पिप जम्न थाल्दछ। यसलाई मध्यम अवस्थाको सापु भनिन्छ । यस अवस्थाबाट पनि उपचार गरेनौं भने अति जटिल अवस्थामा सापुको बिरामी पुग्ने गर्दछन्। 

पहिलो अवस्थामा आँखाका थोपा दिएर उपचार सम्भव हुन्छ। मध्यम अवस्थामा आँखाभित्र सुई लगाउनुपर्ने अवस्था आउन सक्दछ। मध्यम अवस्थामा आँखाको दृष्टि फर्कने आश लागेको उनले उल्लेख गरिन्। अति जटिल अवस्थामा आँखाको सबै पत्रमा पिप हुन्छ र जटिल शल्यक्रिया गरेर उपचार गर्नुपर्ने हुन्छ। उपचार पनि खर्चिलो र दृष्टि कति फर्कन्छ भन्नेमा निश्चित भने हुँदैन। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले सापु रोग बढी बालबालिकालाई लाग्ने गरेको बताए। 

उनले सेतो पुतलीको संसर्गबाट यो रोग सर्ने भएकाले जतिसक्दो सेतो पुतलीबाट टाढा रहनु नै उत्तम  उपाय भएको बताए। यसका लागि बालबालिकालाई झाडीको वरपर खेल्न र पुतली समात्ने, निधारमा दल्ने काम गर्न दिनु हुँदैन। राति सुत्दा बत्ती निभाएर, भरसक झ्यालढोका बन्द गरी झुल लगाएर सुत्न सके रातमा हुने पुतलीको आक्रबाट बच्न सकिने उनको भनाइ छ। -रासस

प्रकाशित: Sep 30, 2021| 15:57 बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्