शनिबार, साउन १६, २०८३

चिकित्सा शिक्षा स्नातकोत्तर तहमा भर्ना खुल्यो

चिकित्सा शास्त्र अध्ययन संस्थान, डिन कार्यालयले सूचना जारी गर्दै चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्ति र विदेशी कोटातर्फ पहिलो म्याचिङको नतिजा तथा विद्यार्थी भर्नासम्बन्धी सूचना अनुसार सम्बन्धनप्राप्त कलेजमा भर्नाका लागि आह्वान गरिएको हो।
 |  शुक्रबार, असोज १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १५, २०७८

काठमाडौं- चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले चिकित्सा शिक्षा स्नातकोत्तर तहमा भर्ना खुल्ला गरेको छ। आइओएमले छात्रवृत्ति र विदेशी कोटातर्फ सिफारिस भएका विद्यार्थीलाई भर्ना हुन सूचना जारी गरेको हो।

चिकित्सा शास्त्र अध्ययन संस्थान, डिन कार्यालयले सूचना जारी गर्दै चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्ति र विदेशी कोटातर्फ पहिलो म्याचिङको नतिजा तथा विद्यार्थी भर्नासम्बन्धी सूचना अनुसार सम्बन्धनप्राप्त कलेजमा भर्नाका लागि आह्वान गरिएको हो। 

छनोट भएका विद्यार्थीले कलेजको आधारमा विभिन्न समयसिमा भित्र असोज १५ गतेदेखि १९ गतेसम्म दिनको ११ बजेदेखि ३ बजेसम्म भर्नाका लागि आवेदन दिन भनिएको छ।

यसका साथै आईओएमले विदेशी विद्यार्थीको हकमा जम्मा लाग्ने शुल्कको एक तिहाइ शुल्क बुझाएर मात्र भर्ना हुन पाइने सूचनामा उल्लेख छ।

प्रकाशित: Oct 01, 2021| 19:19 शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्