आइतबार, वैशाख ७, २०८२

कोरोना घट्दा पनि अस्पतालमा किन बढ्यो बिरामीको चाप?

दिउँसोको समयमा एक हजार भन्दा धेरै बिरामी ओपिडिमा आउने गरेका छन्। दिउँसो ओपिडिमा बिरामीको चाप बढेको छ भने ५ बजेपछि इमर्जेन्सीमा थेग्न नसक्ने गरेर बिरामी आउन थालेका छन्।
 |  शुक्रबार, असोज १५, २०७८
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

शुक्रबार, असोज १५, २०७८

vianetvianet

काठमाडौं– बिहीबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा चार महिना अगाडि कोरोना संक्रमणको दोस्रो लहरमा देखिएको जस्तै दृष्य देखिन्थ्यो। अस्पतालमा प्रत्येक ५ मिनेटमा बिरामी बोकेर एम्बुलेन्स, ट्याक्सी वा निजी सवारी साधन भित्रिरहेका हुन्थे। अस्पतालको इमर्जेन्सी अगाडि बिरामीका आफन्तको घुँइचो। भित्र उस्तै भद्रगोल। एउटै बेडमा तीन जनासम्म बिरामी। कोही बिरामी चिसै भुइँमा, कोही बिरामी ह्विलचियरमा त कोही स्ट्रेचरमा। 

triton college

बिरामीहरुले बेड पाउन सक्ने अवस्था थिएन। चिकित्सकलाई उस्तै दौडधुप थियो। उनीहरु भुइँमै बिरामीहरुलाई उपचार गरिरहेका थिए। अस्पतालका अनुसार पछिल्लो एक सातादेखि दैनिक सयौं बिरामी इमर्जेन्सीमा आउन थालेका छन्। तर यसरी आएका बिरामी कोभिडका बिरामी होइनन्, अरु नै समस्या लिएर आएका  हुन्। 

अस्पताल आइपुगेका बिरामीलाई कहाँ राख्ने भन्ने आफन्तको चिन्ता थियो। जनकपुरबाट बिरामी दाइलाई अस्पताल ल्याएका डम्बरदेव शाह बिरामी राख्ने बेड नपाएर छटपटिरहेका थिए। हिजो दाइले एक्कासि रगत नै बान्ता गर्नुभयो। जनकपुरमा उपचार गराउँदा केही कम भयो र घर लगेको, फेरि बान्ता हुन सुरु भयो र यहाँ ल्याएको। यहाँ बेड पाएको छैन। ह्विलचियरमा नै राख्नुपरेको छ,’ उनले सुनाए।

त्रिवि शिक्षण अस्पतालमा झण्डै ५० जना बिरामी थिए जो बेड नपाएर बसिरहेका थिए। अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारी भन्छन्, ‘पछिल्लो एक हप्तादेखि बिरामीको संख्या ह्वात्तै बढेको छ। उनीहरु कोभिडका बिरामी पनि होइनन्। इमर्जेन्सीमा धान्न सकिने अवस्था पनि छैन।‘

अस्पताल आइपुगेका बिरामीलाई कहाँ राख्ने भन्ने आफन्तको चिन्ता थियो। जनकपुरबाट बिरामी दाइलाई अस्पताल ल्याएका डम्बरदेव शाह बिरामी राख्ने बेड नपाएर छटपटिरहेका थिए।

उनका अनुसार पछिल्लो समय कोभिडका बिरामी भन्दा ननकोभिडका बिरामीले अस्पताल भरिन थालेका छन्। कोरोनाको समयमा भएको लकडाउन तथा अन्य कारणले उपचार गराउन नपाएकाहरु यतिबेला अस्पताल आउन थालेका छन्। 

National life insurance

दिउँसोको समयमा एक हजार भन्दा धेरै बिरामी ओपिडिमा आउने गरेका छन्। दिउँसो ओपिडिमा बिरामीको चाप बढेको छ भने ५ बजेपछि इमर्जेन्सीमा थेग्न नसक्ने गरेर बिरामी आउन थालेका छन्। 

कोरोना कम भएसँगै ननकोभिडका बिरामीको संख्या बढेको अस्पतालका चिकित्सक डा. सन्तकुमार दास बताउँछन्। ‘अघिल्ला वर्षहरुमा एक्कासि यस्तो समस्या हुँदैनथ्यो। कोरानाका कारण अन्य रोगका सेवा प्रभावित भए, जसले गर्दा बिरामीले सहज उपचार पाएनन्। अप्रेसन गर्नुपर्ने बिरामीहरु पनि पछाडि सारेर बसे। कतिपयले रोग दबाएर बसे। अहिले कोरोना संक्रमण कम हुनु, अन्य उपचार सेवा सहज हुनु र बिरामीलाई पनि रोगले च्याप्दै जानु नै बिरामीको संख्या बढ्ने कारण हो,’ दासले भने। 

त्यसो त कोभिडको बेलामा अस्पताल जान हुँदैन, रोग सर्छ भनेर मानिसहरु डराएका थिए, अहिले भ्याक्सिन लगाइसकेपछि भने अस्पताल अस्पताल आउन थालेको चिकित्सकको आंकलन छ। 

बिहीबारमात्रै १३ सय ४० जना बिरामी थपिएको अधिकारीले बताए। अधिकारी भन्छन्, ‘सामान्य रुघाखोकी, मिर्गाैला डायलासिस, ज्वरो, श्वाप्रश्वासमा समस्या, ब्लडप्रेसर लगाएतका समस्या लिएर बिरामीहरु आएका छन्। एउटै बेडमा २–३ जना बसिरहेका छन्। अन्य अस्पताल जान पनि मान्दैनन्। टाढाबाट आएकालाई फिर्ता गर्न पनि सकिँदैन। व्यवस्थापनमा गाह्रो भएको छ। ननकोभिडको लागि छुट्याइएका  ५५ वटा आइसियू पनि सबै प्याक छन्।’ 

प्रकाशित: Oct 01, 2021| 13:45 शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्