आइतबार, जेठ ३, २०८३

थकाइ कम गर्ने ३ सुत्र के-के हुन्?

कडा मेहेनेत गर्नेलाई त थकान महसुस हुने नै भयो तर मेहेनेत नगरी एकै स्थानमा बसिरहे पनि थकाइ लाग्छ। जब शरीरमा उर्जा सकिन्छ तब शरीरले थकान महसुस गर्न थाल्छ।
 |  बुधबार, असोज १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज १३, २०७८

काठमाडौं- हरकोही मानिसलाई थकान महसुस हुन्छ। कडा मेहेनेत गर्नेलाई त थकान महसुस हुने नै भयो तर मेहेनेत नगरी एकै स्थानमा बसिरहे पनि थकाइ लाग्छ। जब शरीरमा उर्जा सकिन्छ तब शरीरले थकान महसुस गर्न थाल्छ।

National life

यी हुन् कम गर्न सुत्र:

पर्याप्त पानी पिउने

मानिसहरु कामको चापका कारण पानी पिउन पनि बिर्सिन्छन्। केहीले तिर्दा लागेपछि मात्रै पानी पिउने गरेका हुन्छन्। तिर्खा लाग्‍नु भनेको शरीरले पानीको मात्रा असाध्यै कम महसुस गर्नु हो। त्यसैले तिर्खा नकुरेर पानी पिइरहन जरुरी हुन्छ। खेल चिकित्सक गडसन भन्छन्, ‘अक्सिजन र पोषक तत्व मांशपेशीमा पुर्‍याउन पनि पानीको जरुरी छ।’ यति मात्रै होइन, पानीको कमीले रगत बाक्लो बनाउँछ। मुटलाई कुशलतापूर्वक रगत पम्प गर्न रगतमा पानीको मात्रा पर्याप्त हुन जरुरी हुन्छ।

आइरनको सेवन जरुरी

आइरन शरीरका लागि अत्यावश्यक तत्व मध्य पर्छ। यदि यसको कमी भयो भने पनि साह्रै थकित महसुस हुन सक्छ। एकदमै चिडचिडाहट, कमजोर र एकाग्र हुन सकिएको छैन भने बुझ्नुहोस् शरीरमा आइरनको मात्रा कम हुँदै गएको छ। त्यसैले पात भएका तरकारी, मेवा, दही लगायतको सेवन गर्नु राम्रो हुन्छ।

खाजाको परिकार

खाना शरीरका लागि इन्धन हो। जस्तो गाडीको इन्जिनमा शुद्ध तेल पर्‍यो भने सहज ढंगले कुद्छ। त्यसैगरी मानव इन्जिनमा पनि इन्धन सफा पर्नुपर्छ। विशेष गरी काम गरेर थाकेको र भोकाएको अवस्थामा खानेकुरा खाँदा होस पुर्याउनुपर्छ। दिउँसोको खाजामा एकदमैं धेरै तरल पदार्थ पाइने खाजा खाँदा थकाइ कम हुन सक्छ। मासुजन्य र कार्बाेहाइडेड अधिक भएको खाजाले भोक त मेट्छ तर थकाइ बढाउन सक्छ।

प्रकाशित: Sep 29, 2021| 04:50 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्