शनिबार, चैत ७, २०८२

स्थायी शिक्षकको विज्ञापन प्रक्रिया सुरु, कहाँ-कहाँ छ दरबन्दी रिक्त? (विवरणसहित)

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०७८ चैत मसान्तसम्म हुने शिक्षक रिक्त दरबन्दी विवरण सार्वजनिक गरेको छ।
 |  बुधबार, असोज १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज १३, २०७८

काठमाडौं- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०७८ चैत मसान्तसम्म हुने शिक्षक रिक्त दरबन्दी विवरण सार्वजनिक गरेको छ। 

National life

केन्द्रले स्थानीय तहसँग समन्वय गरी शिक्षक रिक्त विवरण अद्यावधिक गरेर शिक्षक सेवा आयोगलाई पठाएसँगै स्थायी शिक्षक विज्ञापनका लागि आयोगले प्रक्रिया सुरु गर्न सहज भएको हो। 

रिक्त दरबन्दीको विवरण आयोगले पाइसकेको र नियमावली संसोधनको प्रक्रियामा रहेकाले विज्ञापनको प्रक्रिया सुरु भएको आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बताए।

शिक्षक दरबन्दी मिलान कार्यविधि २०७६ अनुसार हिमाल, पहाड तथा तराइको लागि शिक्षक विद्यार्थी अनुपात क्रमशः ४०, ४५ र ५० लाई स्थानीय तहको शिक्षकको मौजुदा अवस्था र आवश्यकता पहिचानको आधारमा दरबन्दी पुनर्वितरण गर्ने भनिएको छ। 

तर, साविकमा व्यवस्था रहेको प्राथमिक, निम्‍न माध्यमिक, माध्यमिक र उच्च माध्यमिक शिक्षाको संरचना अनुसार नभइ अहिले परिवर्तित विद्यालय शिक्षाको संरचना अनुसार मिलान गर्न शिक्षा नियमावलीमा नै परिवर्तन गर्नुपर्ने भएकाले शिक्षक सेवा आयोगले नियमावली संशोधन गरेर मात्रै दरबन्दी मिलान गर्न सकिन्छ।

Laxmi sunrise bank
kumari

केन्द्रले विद्यमान व्यवस्था अनुसार नै प्रावि, निमावि र मावि तहमा रिक्त दरबन्दीको विवरण आयोगलाई पठाएको हो। केन्द्रले १७ हजार ४७ पदमा पदपूर्ति गर्न आयोगलाई पठाएको विवरणमा प्राथमिक तहमा १२ हजार ९१२ पद, निम्न माध्यमिक तहमा दुई हजार ५सय ९३  र माध्यमिक तहमा एक हजार ५ सय ४२ पदमा रहेको रिक्त दरबन्दीको विवरण आयोगलाई पठाएको हो।

आयोगले आन्तरिक प्रतिस्पर्धा तथा बढुवातर्फ रिक्त दरबन्दी विवरण अन्तर्गत प्राविमा प्रथम श्रेणी ४५२ र द्वितिय श्रेणी १६९३, निमाविमा प्रथम श्रेणी ७८ र द्वितिय श्रेणी ४७८ र माविमा  प्रथम श्रेणी १२४ र द्वितिय श्रेणी ४८४ पद रिक्त रहेको विवरणमा उल्लेख छ।  


प्रकाशित: Sep 29, 2021| 19:40 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्